संसदद्धारा चार अध्यादेश स्वीकृत

Read Time:1 Minute, 43 Second

 

काठमाडौ, २९ माघ 

 व्यवस्थापिका–संसदको आजको बैठकले विभिन्न चारवटा अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।

 स्वीकृत अध्यादेशहरूमा आर्थिक अध्यादेश, २०६७, विनियोजन अध्यादेश, २०६७, राष्ट्र ऋण उठाउने अध्यादेश, २०६७ र ऋण तथा जमानत (अठारांैँ संशोधन) अध्यादेश, २०६७ रहेका छन् ।
 
 उपप्रधानमन्त्री एवम् अर्थमन्त्रालयको कार्यभार सम्हालेका  भरतमोहन अधिकारीले ती अध्यादेशलाई बैठकमा प्रस्तुत गरेका थिए  ।
 
 यसअघि बैठकमा सभामुख सुवास नेम्बाङले प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अर्थमन्त्रालयको समेत जिम्मेवारी दिएको सम्बन्धी पत्र पढेर सुनाएका थिए ।

 सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले अध्यादेश बजेट हुबहु पारित भएमा त्यसलाई काँग्रेसले समर्थन गर्ने बताए ।

एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यादेशप्रति पार्टीेको विरोध भए पनि यसलाई संसदबाट पारित गर्नेबारे पार्टीभित्र छलफल हुने बताए  ।

व्यवस्थापिका–संसदको अर्को बैठक यही फागुन २ गते सोमबार दिनको १ बजे बस्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %