प्रथम देवदह मत्रिपूर्ण नकआउट फुटबल -उद्घाटन खेलमा कावासोटी नगरपालिका विजयी

Read Time:2 Minute, 0 Second

गोविन्द घरती 

मंसीर १
नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिको आयोजनामा शुरु भएको प्रथम देवदह अन्तरनगरपालिका मैत्रीपूर्ण नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कावासोती नगरपालिका विजयी भएको छ । उद्घाटन खेलमा देवदह नगरपालिका र कावासोती नगरपालिका वीच भएको खेलमा सून्यका विरुद्ध ३ गोलगरी कावासोती नगरपालिका विजयी भएको हो । खेलमा २÷२ गोल भएपछि खेल ट्राईवेकरमा गएको थियो । कावासोती नगरपालिकाका खेलाडी विजयी वस्तीले खेलको ४ औ मिनेटमा गोलगरी टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी कावासोती नगरपालिकाका खेलाडी सुजन सापकोटाले दोश्रो गोल गरेका थिए । उता देवदह नगरपालिकाका खेलाडी जर्सी नं २३ का टिकाराम वस्यालले खेलको दोश्रो हाफमा एक गोल गरेका थिए भने जसी नं ७ का ललित थापाले एक गोलगरी खेललाई बवारीमा पु¥याएका थिए । त्यसैगरी दोश्रो खेलमा सैनामैना नगरपालिका र देवचुली नगरपालिका वीच भएको खेलमा १ का विरुद्ध २ गोलगरी देवचुली नगरपालिका विजयी भएको छ । खेलमा देवचुली नगरपालिका खेलाडी आकाश श्रेष्ठले एक गोल र सेनामैना नगरपालिकाका खेलाडी जीवन भट्टराईले १÷१ गोल गरेका थिए । बरावरी भएपछि ट्राईवेकरको आधारमा देवचुली नगरपालिका विजयी भएको हो । भोली खेल सिद्र्धा नगरपालिका भैरहवा र बुटवल उपमहानगरपालिका वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %