शेर्पा संघ जापानले स्थापनाकाल देखि हरेक बर्ष ल्होछार कार्यक्रम मनाउदै आएको छ । यस बर्ष पनि शेर्पा समुदायको नयाँ साल २१३८ (च्याक मो ह्योद लो) -मुसा बर्षको उपलक्ष्यमा सुभकामना आदान प्रदान कार्यक्रम रहेको समितिका महासचिव पेम्बा छिरिंग शेर्पा ले जानकारी गराएकाछन् । टोयोटा सिटि को निशी माची स्थित आर्केड़िया हलमा हुने उक्त कार्यक्रम मार्च महिनाको १२ तारिख बेलुकी ८ बजे देखि बिहान सम्म हुने बताइएको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली आदिबासी जनजाती महासंघ केन्द्रीय समिति जापानलाई निमन्त्रना गरिएको र अतिथि हरुमा विभिन्न जातीय संघ संस्थाहरुलाई पत्राचार गरेको बताइएको छ ।
श्याम राना