वलि राजाको सम्झनामा यु केमा पनि भट्टाईयो भैलो(फोटो कथा सहित )

Read Time:16 Minute, 39 Second

-राज्यसत्ता, 

मगर संघ यु केको सान्स्कृतिक समुहले उल्लासमय बातावरणमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । सान्स्कृतिक समुहको यो पहिलो कार्यक्रम भएता पनि पहिलो पटकमै अत्याधिक सफलताका सम्पन्न भएको सान्स्कृतिक बिभागकी सचिव अनिता राना मगरले जानकारी दिईन ।

तिहारको अवसरमा ७ नोवेम्बर २०१५ ,अल्डोर्शोतमा आयोजना गरिएको उक्त देउसीभैलो शुभकामना कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष दुत पुनमगरको प्रमुख आतिथ्य रहेको थियो , कार्यक्रम विविध सांस्कृतिक कार्यक्रमसहित देउसी भैलो सहित बिबिध मनोरन्जनात्मक प्रस्तुती रहेको थियो , त्यस अवसरमा स्थानीय नेपाली कलाकारहरुले स्वागत गीत, लोक तथा दोहोरी गीत, मेलोडी गीत, पुख्र्यौली नाच, कौडा, सोरठी, सालैजो, तिहार गीतका साथै एकल तथा सामूहिक नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा हालै नेपालबाट बेलायत आएका गायक श्रीराम थापा, कुमारी गुरुङ, र गणेश गुरुङले विभिन्न लोक तथा दोहोरी गीत प्रस्तुत गरेका थिए ।त्यसैगरी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अतिथि कलाकारद्वय बद्री केसी र रश्मी पोखरेलले सुर्के थैली बोलको गीतमा नृत्य गरेका थिए । सामूहिक रुपमा देउसी भैलोसमेत खेलिएको कार्यक्रममा अतिथिहरुले समेत सामूहिक रुपमा नृत्य प्रस्तुत गरेका थिए ।

विभिन्न अतिथिहरुले शुभकामना मन्तब्य प्रकट गरेको कार्यक्रमका प्रमुख अतिथि एवं मगर संघ यूकेका अध्यक्ष दुत पुनले सबै उपस्थित महानुभावहरुलाई धन्यवाद दिँदै नेपालको पछिल्लो जनगणनाअनुसार मगर जातिहरु नेपालको तेस्रो ठूलो जनसंख्या भएको जाति भए तापनि राज्यका हरेक अंगहरुमा मगरहरुको उपस्थिति न्यून भएको तथ्याङ्कले जनाएको हुँदा उच्चशिक्षा पहुँचमा बृद्धि होस् र राज्यको हरेक निकायमा उपस्थिति होस् भन्ने उद्देश्यका साथ उच्चशिक्षा अध्ययन गर्न चाहने गरीब तथा जेहेन्दार मगर विद्यार्थीहरुलाई प्रोत्साहनका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्न लागिएको बताउँदै अक्षयकोषमा सहयोग पुगो्स भन्ने उद्देश्यका साथ आउँदो २१ नोभेम्बर, शनिबारका सोही स्थानमा च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । साथै, उनले उक्त च्यारिटी कार्यक्रममा उपस्थित भई अक्षयकोषमा सहयोग गरिदिनहुन अनुरोध पनि गरे ।

कार्यक्रममा वकिङ्ग वरो काउन्सिलका काउन्सिलर चित्र राना, एनआरएनए यूकेका उपाध्यक्ष योगकुमार फगामी, मगर संघ हङकङका पूर्व उपाध्यक्ष एवं मगर बुद्धिष्ट सोसाईटी हङकङका अध्यक्ष प्रेम गलामी, मगर संघ यूकेका संरक्षकहरु थर्क राना, मे.रि.कुलबहादुर थापा, घन थापा, मगर संघ यूकेका महासचिव बम सूर्यवंशी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल, यूके शाखाका अध्यक्ष मोहन गुरुङ, मगर संघ यूके महिला विभागकी अध्यक्ष हिमाली राना, मगर संघ यूकेका सल्लाहकारहरु, महिला शाखाका अध्यक्षहरु, शाखाका अध्यक्षहरु र बेलायतमा बसोबास गर्ने मगरहरुको बाक्लो उपस्थिति रहेको थियो । मगर संघ यूके सांस्कृतिक विभागको आवश्यक बाजागाजा, भेषभूषा खरिदमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजकले जानकारी दिएका थिए ।

मगर संघ यूके सांस्कृतिक विभागले आयोजना गरेको सो कार्यक्रमको औपचारिक कार्यक्रम साूस्कृतिक सचिव अनिता रानाले सञ्चालन गरेकी थिइन् भने मिरुना मगर र समीर थापाले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

भैलो कहिले देखी खेलिन सुरु गरियो वा किन खेलिन्छ त ?

यसको उत्तर सहजै भेट्न नसकिएला तर तिहारमा खेलिने भैलो नेपालमा मात्रा किन खेलिन्छ वा गाइन्छ त ?तिहार वा त्योहार भारत बङलादेश ,श्रिलन्क आदी देशमा पनि त्योहार वा दिपावलिको नामबाट धुम धाम मनाउने गरिए पनि वा बिशेष त हिन्दूहरुले यम पञ्चकभनी मानी आएता पनि नेपालका हिन्दू र भारतका हिन्दूहरुको तात्विक भिन्नता यसमा गाइने वा नाचिने भैलो सन्स्कार भारतमा पाइन्न जसबाट सहजै अनुमान लगाउन सकिन्छ देउसी भैलो परम्परा आयातित सन्स्क्रिती होइन नेपाली माटोमै जन्मिएको हो कालन्तरमा हिन्दू सापेक्ष बनाइएकोले यस्मा केही फरक पनहरु थपिदै गएको छ ।यसै भैलो तथा देउसी सम्बन्धी युवा अनुसन्धानकर्मी तथा युवा पत्रकार मनोज घरती मगर लेख्छन “भैलो तथा देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि खुब रौसिन्छन् । टोली नाईकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले भैलो तथा देउसी घन्काउदै सामूहिक रुपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथी घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको भन्ने गरिन्छ ।

साच्चै को थिए बलि राजा ? कुन मुलुकका हुन् ? अनि के संङकट प¥यो ? नेपालमा गणतन्त्र घोषणा हुदा राजा ज्ञानेन्द्रलाई आपत परेको बेला नारायणहिटी राजदरबार छाडेर नागार्जुन बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई ? कुन जुगका थिए ती ? किन जहिले पनि तिनले पठाको भनेर पैसा मागिन्छ ? हरेक तिहारमा यस्ता प्रश्न सबैका मनमा उठ्नु स्वभाविक नै हो । यसको उत्तर पाउन त्यति सजिलो छैन । भैली खेल्दा किन बलिराजाले पठाको भनिन्छ त ?

हे भन भन भाई हो फाईलो (भईलो–भैलो)हे हामी त्यसै आएनै फाईलो (भईलो–भैलो)हे बलिराजा (बलिहाङ) ले पठाका फाईलो (भईलो–भैलो) हाङको अर्थ मगर भाषामा राजा हुन्छ । इतिहासका प्राध्यापक डा. राजाराम सुवेदीका अनुसार इशाको चौधौं शताब्दीतिर वर्तमान पाल्ला जिल्ला बल्ढेङगढी गाविस क्षेत्रमा बलिहाङ रानामगरले स–साना मगर राज्यहरुलाई एकीकरण गरि शक्तितशाली राज्यको स्थापना गरेका थिए । उनको राज्यको सिमाना मगराँतदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो । मगरातमा मगर अरमुडि राजा पछिका अर्को शक्तिशाली न्यायप्रेमी र लोकप्रिय राजाका रुपमा बलिराजाले शासन गरेका थिए । (सुवेदी राजाराम, मगर जातिको नालिबेली) पश्चिमाञ्चल मगराँत क्षेत्रमा प्रचलित तिहार पर्वको मिथकमा सस्कृतिविद, इतिहासकारहरुले लेखेका छन्, बलिहाङ राना मगर (बलिराजा) न्यायप्रेमी, धर्मात्मा, भविश्यवेत्ता राजा थिए । रैतिहरुलाई यतिसम्म खुसी पारेका थिए की उनको मृत्यु सम्मको कुरासम्म सुन्न सक्दैनथे । एकदिन बलिराजालाई मृत्युको दिव्य ज्ञान भएपछि जनताहरुलाई बोलाएर भनेछन्, जसरी हामीहरु एकआपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कात्तिक महिनाको औसीको रातमा हुदैछ ।

यो खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुदै कराउदै कस्तो बिपत आईलाग्यो भन्दै राजालाई बिन्ती गरे तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ । त्यसपछि राजाले भने,मलाई लिन काल आउदा सबैको घरमा उज्यालो राखेर उनलाई अनुरोध गरि फकाउन सक्यौ भने म बाच्न सक्छु । त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन यमराजले पठाएको काल, राजालाई लिन आउने बेला सबैले घरघरमा दियो बत्ती बालेर खान, पिउन छाडेर जागा बसेर फाईलो–फाईलो भट्याउदै प्रार्थना गर्न थाले । काल आएर राजालाई लिन खोज्दा सबै रैतिले भट्याउदै फाईलो–फाईलो भन्दै राजालाई नमार्न अनुरोध गरिरहेकोले राजाप्रति रैतिहरुको प्रगाढ सम्मान, त्यतिबेलाको कहालीलाग्दो बातावरण्ँले गर्दा कालको पनि मन फिरेछ र राजालाई प्राणदान दिएर आफ्नो बाटो लागेछ ।

जनताले कालदेखि बचाउदा भावविहल भइ बलिराजाले तीन दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यसदिन घरघरमा सबैले झिलीमिली बत्ती बालेर मिठो मसिनो खाए । आआफ्नै घरमा भएका दाजुभाईले दिदीबहिनीको हातबाट टिका लगाएर मासु, सेलरोटी, जाँडरक्सी पिएर रमाईलो गरे । उमङगको खुसीयाली साट्दै फाईलो–फाईलो भन्दै रातभरी खुसीयाली मनाए । मगर भाषामा फाईलोको अर्थ हामीले बचायौं भन्ने हुन्छ । त्यसैले तिहार कतैबाट आयातित नभइ, हाम्रै भूमिमा राजा बलिहाङको सम्मानमा सुरु भएको पर्व हो ।

बलिराजाको दिर्घायुको कामना गर्दै त्यही बेलादेखि देउसी भैलो खेल्न सुरु गरिएको हो । त्यतिबेला खुसीयालीमा निकै लामो नाच सोरठी (ठूलो नाँच, नचरी, सोरठी) नाचियो । त्यही बेला सोरठी ना“च्नेहरुले बलिराजाको आख्यान जोडेर नाच्न गाउन थालेको तिहार पर्व आजभोली फाईलो भन्न छाडेर भैलो भएको छ । त्यही फाईलो–फाईलो भन्ने शब्द अपभ्रश भएपछि कालान्तारमा भैलो हुन गएको विभिन्न अध्ययनले देखाएको छ । तर, नेपालको हिन्दु सापेक्ष एकजातिय शासन सत्ताले हरेक सस्कृतिलाई हिन्दुकरण गरे झै फाईलो–देउसी अर्थात हालको भैलोलाई पनि हिन्दुकरण गरेको छ ।
यो पर्व हिन्दुकरण हुनुको मुल कारण इतिहासकार तथा अध्येताहरु पनि तागाधारी र हिन्दूहरु भएकोले आफूलाई सजिलो हुने गरि सार्वजनिक गर्ने र त्यही अनुसार व्याख्या गर्नाले हो ।

सदियौं देखि लाटा अनि एकात्मक शासन व्यवस्थाबाट पिल्सीदै आएका र अध्ययन, खोज र अनुसन्धानमा खासै चासो नदिने मगर जाति र अन्य जनजातिकै कारण यस्तै मौलिक महत्व बोेकेका अनेकौं हाम्रा संस्कृतिहरु हिन्दूकरण भएका छन् । मगर राजाको इतिहासंग जोडिएको यस्तो ऐतिहासिक पर्वलाई तागाधारीले पुराण कथासंग जोडेर व्याख्या गर्ने गरेका छन् । उसो त उनीहरुले पनि बलिराजालाई दानी व्यक्तित्वका रुपमा व्याख्या गरेर जसले जे माग्यो, त्यही दिने अति उदार स्वाभावका भनेका छन् ।अझ यतिसम्म भन्न भ्याएका छन् की दानव कुलका शक्तिाली बलिराजाले ईन्द्रको स्वर्ग कब्जा गरे ।

केहि मगर इतिहासकार र अध्येताले यसलाई मगरको इतिहास बग्याउने प्रपञ्च हो भनेका छन् । बरु बलिराजाले पाल्पा आसपासमा भएका स–साना मगर राज्यहरु कब्जा गरेर शक्तिशाली र निकै दानी राजा भएर बसेका थिए जसमा एकमत छन्, इतिहासकार ।

बलि हिन्दु पुराणमा उल्लेख प्रसिद्ध दानव राजा हिरण्य कश्यपका पनाती, प्रह्लादका नाति, विरोचन र सुरुचिका छोरा थिए भनिएको छ । यसमा सत्यता भन्दा किंवदन्ती बढ़ी देखिन्छ । पुराण यथार्थसँग कतै गएर मिल्दैन । यो केवल काल्पनिक कथामा संयोगले बली त्यहा जोडिन आईपुग्छन् । आधुनिक अनुसन्धानले देखाएको छ, स्वर्ग र नर्क नामको अस्तित्व पुराना धामिर्क पुस्तकहरु बाहेक अन्यत्र कतै छैन । यो ब्रह्माण्डमा केवल नौ वटा ग्रह मात्र छन् । ती ग्रहमध्ये एक पृथ्वी नामक ग्रहमा मानिसको बसोबास छ भने अन्य कुनै स्थानमा मानिसको बसोबास पाईएको छैन । अनि कसरी पत्याउने बलीराजाले ईन्द्रको स्वर्ग भन्ने राज्य कब्जा गरेको ? स्वर्गलोक, मर्त्यलोक, पाताल, महापाताल आदि त पृथ्वीका विभिन्न भूभाग र दिपहरु हुन् । तथापि पाल्पा राज्य त्यति बेलाको समृद्ध राज्य भएकोले त्यसलाई ‘‘स्वर्ग” भनिएको त होईन, अध्ययनको बिषय चाहि हुनसक्छ ।

थप पढ्न यहाँ क्लिक गर्नु होस 

भैलोका जननी वलिहाङ सेरिए कलमको नोकले

जे होस् बली राजा हिन्दू मिठक कथामा पनि जोडीन आएपनी भैलो सन्क्रिती बिसुद्द नेपाली सन्स्क्रिती नै भएको दावी गर्न सकिन्छ ,वली राजा किरात लिम्बुहरुले पनि दावी गर्दै आएका कारणले थप प्रस्त पार्दछकी वली राजा उती बेलाका कुनै मङोल वन्सकै प्रतापी राजा थिए ,अहिले किरात नभनिए पनि कुनै काल खन्डमा मगर ,गुरुङ, तमाङ, नेवार, आदीका पुर्खा पनि एकै थिए ।

 

तस्विर सौजन्य :-अनिता राना मगर ,यु के 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %