सुदमाथिको आक्रमण उच्छृखंल ब्यवहार –उपेन्द्र यादव

Read Time:1 Minute, 6 Second

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय राजदूत राकेश सुदमाथि माओवादी कार्यकर्ताबाट भएको अभद्र व्यवहार कुटनैतिक मर्यादा विपरित भएको आरोप लगाएकाछन । रिपोर्टस क्लब नेपालले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा फोरम अध्यक्ष यादवले राजदूतमाथि भएको दुव्र्यवहार निन्दनीय भएको बताए । यादवले राष्ट्रियताको नाममा माओवादीले उच्शृङखल व्यवहार गरेको बताए ।
एक अर्काे प्रसंगमा निर्वाचन आयोगले मतदाता नामावली संकलनको नाममा मधेसी जनतालाई निर्वाचनमा सहभागी हुने अवसरबाट बञ्चित गर्न खोजेको आरोप लगाउ“दै यादवले नागरिकताका आधारमा मात्रै फोटो सहितको मतदाता परिचयपत्र संकलन कार्य तत्काल नरोके सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %