बहराईनका निवर्तमान अध्यक्षलाई कतारमा स्वागत

Read Time:2 Minute, 4 Second

कृष्ण सारू मगर

८ अक्टुवर दोहा-कतार पाल्पाली सेवा समाज कतारले मुमताजहा पार्क स्थित समाजका अध्यक्ष लिलम चिदी मगर, भुतपुर्व अध्यक्ष, एवं वर्तमान मुख सल्हाकार, भुप राज दुवाडी, प्रथम उपाअध्यक्ष चोला कान्त डोटेल, भुतपुर्व सचिब, दीपेन्द्र मरासिनी, सचिव, दुर्गा अधिकारी, सहकोषाध्यक्ष, कृष्ण चुहान मगर, सदस्य कुल बहादुर बगाले मगर, पदम मगर, लाल बहादुर कामी लगायत उपस्थित सम्पुर्ण पाल्पाली सेवा समाज परिवार कतारले पाल्पाली समाज बहराईनका निवर्तमान अध्यक्ष कृष्ण सारू मगरलाई सम्मानजनक खादा ओढाई स्वागत गर्दै समाजको सल्हाकार समितिको सदस्य पदमा सर्वसहमतले मनोनयन गरेको छ ।
उक्त बैठकले यही आउँदो शुक्रबार १३ नोभेम्वर २०१५ का दिन क्वालिटी हाईपर मार्केट स्थित अन्तराष्ट्रिय कलाकार मञ्च शाखा कतार द्वारा आयोजित नेपालीहरूको दोस्रो महान चार्ड शुभ दिपावली तथा देउसी भैलो कार्यक्रमलाई सफल बनाउन कतारवासी समस्त नेपाली दाजु भाइ तथा दिदी बहिनी एवंम कलाप्रेमीहरूलाई भरपुर साङ्गितिक मनोरञ्जन दिलाउनका लागी नेपाल बाट आगमन हुने चिरपरिचित राष्ट्रिय लोक तथा दोहरी चर्चित गायिका पाल्पाली चेली जमुना राना मगरलाई स्वागत तथा सम्मान गर्ने समाजका अध्यक्ष लिलम चिदी मगरको अध्यक्षतामा बसेको भएको १६अौँ बैठको भेलाले निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %