गजल ( न उन्नु माला)

तारा थापा मगर

न उन्नु माला सयपत्री फुलक‍ो, टीका लाउदिन ।
यो साल पनि यस्तै भो, तिहारमा घर अाउदिन ।।

नहेर बातो प्रदेशी दाईको, अागनीमा निस्केर ।
तिम्रो हातको टीका, लाउन म अाउन पाउदिन ।।

निराश लाग्छ जीवन सम्झेर, प्रदेशमा बसेर ।। 
भाइ टिकाको दिन, निधार खाली मन पराउदिन ।।

प्रदेशी दाईको, न भने जस्तो न सोचे जस्तो पीडा ।
सपना अधुरो भयो, देउसी भैलो गित गाउदिन ।।

न मरे बाचे काल ले साचे, अर्को साल अाउनेछु ।
तिम्रो हातको टीका नलगाई, खुशि गुमाउदिन ।।