-राज्यसत्ता ,
जारी मधेश आन्दोलनमा सरकारी सुरक्षा अधिकारीहरु द्धारा व्यापक वल प्रयोग भएको प्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायर गर्ने तयारीम जुटेका छन ।
सुरक्षाकर्मीहरुको वल प्रयोगमा जारी आन्द्योलनमा अहिले सम्म ४५ जनाको मृत्यू भईसकेको छ भने दुई हजारको हराहारीमा धाईतेहरु छन । अघिल्लो साता मात्रै मोर्चाको जनकपुरमा भएको बैठकमा यस वारेमा गम्भिर छलफल भएको तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले बताए । लालका अनुसार मोर्चाको बैठकमा यस वारेमा गम्भिर छलफल भए लगतै सदभावना पार्टीका नेता देवेन्द्र यादव जेनेभामा हाल भईरहेको अन्तराष्टिय मानवअधिकार सम्बन्धी सम्मेलनमा पठाइएको छ । यादवले त्यहा मधेशको् पक्षमा सांकेतिक विरोध गर्नुको साथै मधेशमा जारी आन्द्योलन वारेमा विभिन्न पक्षहरु संग कुरा गरीरहेका छन । सम्मेलनमा भाग लिन पुगेका अधिवक्ता दिपेन्द्र झाले मधेशमा भएको व्यापक मानव अधिकारको उल्लघंन वारेमा रिर्पोट नै पेश गरेका छन ।
तमलोपा उपाध्यक्ष लालका अनुसार मोर्चाले सदभावना नेता यादवलाई अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायरका लागी प्रक्रिया वढाउन समेत भनेका छन । त्यसका लागी मोर्चा विभिन्न दस्तावेजीकरण समेत गरीरहेको छ । यादवले त्यहा मुद्धा दायर कसरी र त्यसको प्रक्रिया वारेमा समेत अधिकारीहरु सुचनाहरु संकलनहरु गर्ने छन । मोर्चाले जारी मधेश आन्द्योलनमा सुरक्षा निकाय वाट भएको वल प्रयोगको दस्तावेजीकरणका लागी चार जनालाई अधिकारिक रुपमै जिम्मा नै दिएका छन । मोर्चाले औपचारिक रुपमै सुरक्षाकर्मीहरु वाट आन्द्योलनमा भएको व्यापक वल प्रयोगको विरद्धमा अन्तराष्टिय फौजदारी अदालतमा जाने निर्णय केहि अगाडी गरेको थियो ।
गएको ८३ दिन देखि मधेशमा अधिकार प्राप्तिका लागी भईरहेको आन्दो्लनलाई नेपालका प्रमुख दलहरुले नजरअन्दाज गर्दै आएका छन । जनेभामा जारी सम्मेलनमा भारत, स्विडेन, अमेरिका, संयुक्त राष्ट संघ लगायतका मुलुकहरु समेत यस वारेमा गम्भिर चासोहरु राखेको समाचारहरु आएका छन ।
दलान नेपाल ड्ट कम