चन्दा उठाइरेका पाँच जना लिम्बुवान कार्यकर्ता पक्राऊ

 

विराटनगर, २७ माघ
 सशस्त्र प्रहरी बेस क्याम्प आइतबारे उर्लाबारीबाट खटिएको टोलीले पाँच जना लिम्बुवान कार्यकर्तालाई मधुमल्लाबाट चन्दा उठाइरहेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लिम्बुवान राज्यपरिषद्का एरिया इन्चार्ज हरिप्रसाद सुब्बा, मनिष लिम्बु, बुद्धराज लिम्बु, काजी लिम्बु र आकाश बराइली रहेका छन् ।

मधुमल्ला–७ टापु भन्ने स्थानमा को १ त ५९६० नम्बरको ट्रयाक्टरले गिट्टी बालुवा लोड गर्ने क्रममा लिम्बुवान कार्यकर्ताले चन्दा उठाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %