नेकपा माओबादीका विदेश विभाग प्रमुख कृष्ण बहादुर महराले भारतको हस्तक्षेपकारी भुमिकाको कारण सरकार गठन हुन नसकेको बताएकाछन् । उनले भारतको हस्तक्षेपकारी भुमिकाको बिरुद्ध राष्ट्रिय आन्दोलबन छेड्ने बताए ।
देशमा अग्रगमन पक्षधर र यथास्थिति पक्षधरहरु बिच बैचारीक द्धन्द चलिरहेको भन्दै उनले अग्रगमन शक्तिलाई पाखा लगाउन खोजिए देशमा ठुलो दुर्घटना हुने समेत चेतावनि दिए ।
नेता महराले सोलुखुम्बुको घटना प्रचारमा आए जस्तो नभएको बताए । सोलुखुम्बुमा भारतीय राजदुतका बिरुद्ध आफ्ना कार्यकर्ताले नाराबाजी र कालो झण्डा मात्र देखाएको उनको दावी थियो ।
क्रान्तिकारी पत्रकार संघ दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महराले दलहरु नयाँ सरकार गठनमा भन्दा बजेट ल्याउन लागि परेकाले काम चलाउ सरकारलाइ बजेट ल्याउन नदिने बताए । कामचलाउ सरकारले कुनै पनि अवस्थामा बजेट ल्याउन नसक्ने उनको भनाई थियो ।