भिक्षु ईन्द्रशकलाई स्वागत तथा सम्मान (छोटो परिचय सहित)

Read Time:9 Minute, 9 Second

हुमबहादुर पचभैया मगर

बेलायत, २९ अक्टुबर मगर संघ यूकेको भातृसस्था मगर बौद्ध समाज यूकेले बौद्ध भिक्षु ईन्द्रशकलाई बेलायतको फेदरस्टोन स्थित , साउथहलको डा.अम्बेडकर बौद्ध बिहारमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

भिक्षु ईन्द्रशकलाई स्वागत र सम्मान गर्न बेलायतमा यत्रतत्र छरिएर बसोबास गरेका करिब १५० जना जति मगर बौद्धधर्मालम्बिहरु अबेडकर बिहारमा पुगेका थिए ।

कार्यक्रम अक्टुबर २५ तारिक दिनको करिब ९ बजे देखि सुरु भएको सवगत र सम्मान कार्यक्रम दिनको ३ बजे सम्म चलेको थियो । भिक्षुलाई सम्मान गर्न मगर संघ यूकेको सबै क्षेत्रीय समितिका मगर बुद्धिजिबी लगाएत मगर कर्मकाण्डीहरु (वापा) को बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रको पहिलो भागमा मगर बौद्ध समाज यूकेको बिहार लुम्बिनी बौद्ध बिहारका नयाँ भिक्षु ईन्द्रशक भन्ते ज्यूलाई स्वागत तथा सम्मान थियो भने दोष्रो भागमा बुद्ध पुजा र भिक्षुले बुद्ध प्रबचन दिनु भएको थियो ।

गृहष्थी जिवनमा सेरबहादुर तरामु मगर

भन्ते ईन्द्रशक भिक्षु हुनु भन्दा पहिला लुम्बिनी बौद्ध बिहारमा लामो समय सम्म सिनियर वापाको काममा ब्यस्त हुनुहुन्थ्यो । हालमा उहाँको जिम्मेवार संखुवासभा निवासी कृष्ण क्याप्छाकी मगरले सम्हाल्ने गरि मानीसको जन्म देखि मृत्यु सम्मको सम्सोधन सहितका सात वटा मगर कर्मकाण्डका किताब अध्यक्ष दर्लामीले हस्तान्तरण गरेका थिए ।

कार्यक्रम लुम्बिनी बौद्ध बिहारका अध्यक्ष तथा मगर संघ यूकेका कर्मकाण्ड सचिब कृष्ण दर्लामी मगरको अध्यक्षतामा बिहारका सचिब टिका दर्लामीले सन्चालन गरेका थिए ।

लुम्बिनी बौद्ध बिहार बेलायतको सादारण सदश्य बन्न एक बर्षको यूके ६० पौण्ड ,आजिवन सदसश्यलाइ एक सय पौण्ड रहेको यस सस्थाको सम्रक्षक बन्न पाँच सय पौण्ड लाग्ने सस्थाका कोषाध्यक्ष शरला राना मगरले जानकारी दिए ।

यो सस्थाको प्रथम सम्मेलन आगामी २ डिसेम्बरका दिन यूके मगर संघको भवनमा गर्ने गरि सस्थाका सदशय रिम गलामी मगरको संयोजकमा बिधान निर्माण भइरहेको जानकारी सस्थाका सचिब टिका दर्लामीले जानकारी दिए ।

लुम्बिनी बौद्ध बिहार बेलायतको आफ्नै भवन बनाउन सस्थाका सल्लाहकार भरत थापा मगरको संयोजकमा थर्क राना मगर, यूके मगर संघका उपाध्यक्ष नेम थापा मगर र भिम राना मगरको एक उच्च समिति बनाइ जिम्मा दिइएको अध्यक्ष कृष्ण दर्लामी मगरले जानकारी दिए । 

नेपाल मगर बौद्ध समाजको छोटो परिचय :

नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको २०५५ साल असोज १,२ र ३ गतेको अन्तरराष्ट्रिय झापा सम्मेलनमा धनकुट्टाका सोम राना मगर, पाल्पाका डा. केशरजंग बराल मगर र स्यांगजाका ईतिहासबिद्ध एमएस थापा मगरले मगरको र्धम बुद्धधर्म भएको कार्यपत्र पेस गरेका थिए । एमएस थापा मगरको कार्यपत्रलाई सर्ब सम्मतिले पास गर्दै मगरहरुले जुनै धर्म मनेता पनि मगरको प्राचीन र आधिकारीक बुद्ध धर्म भएकोले नेपाल मगर संघको मातहातमा भएका सबै समितलिाइ परिपत्र गरेको थियो ।

नेपाल मगर बौद्ध समाजको जन्म अर्थात स्थापना २०५३ सालमा रुपन्देहीमा (नेपाल मगर बौद्ध समाज हंगकंगका बर्तमान अध्यक्ष श्रीमती कबिता थापा मगरका श्रीमान) स्व. तेजबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो ।

२०५७ सालमा तत्कालिन नेपाल मगर संघका केन्द्रिय अध्यक्ष गोरेबहादुर खपांगी मगरको संयोजकमा  क्या. देउबहादुर राना मगरको अध्यक्षतामा नेपाल मगर बुद्ध समाज सेवा समितिको प्रथम अबिधेशन गरेको थियो । (हेर्नुहोस मगर सस्कार पद्धति दर्ता नं.८५८/२०५८/२०५९) यो समाजले हालैमा चौथो अधिवेशन सम्पन्न गरिसकेको छ ।

हाल सम्म यस समाजले आफ्नो क्षेत्र ५५ जिलमा जिल्ला समिति निर्माण गरिसकेको छ भने बिदेशमा बेलायत, हंगकंग र जापानमा समेत समिति बिस्तार गर्न सफल भएको समाजमा केन्द्रिय अध्यक्ष क्या. देउबहादुर राना मगर बताउनु हुन्छ । एकसय जना भन्दा बेसी मगरहरू बर्मा र थाइलाण्डमा गएर बौद्ध शिक्षा ग्रहण गरी भिक्षु बनिसकेका छन भने हजारौ मगरहरूले मगर कर्मकाण्डी तालीम लिएर वापा बनेर जन्म देखि मृत्यु सम्मका कार्य मगर वापा बाटै सम्पन्न गर्दै  आइरहेका छन् ।  

श्रद्धेय भिक्षु ईन्द्रशक भन्ते ज्यूको सानो परिचय :

श्रद्धेय भिक्षु ईन्द्रशक भन्ते ज्यूको ग्रीहस्थी जिवनमा रहदा उहाँको नाम सेरबहादुर थापा (तरामु) मगर थियो । आज भन्दा दशबर्ष पहिला अन्तराष्ट्रिय बुद्ध परियती उदय बिहार,तिलोत्तोमा नगर पालीका, डिंगरनगर,रुपन्देही बाट प्रब्रज्या भै सकेर सन २००५ साल देखि नियमितरुपमा अष्टशिल धारण गर्दै बुद्धत्तव ज्ञानको बारेमा बिभिनन अध्यान र अभ्यासहरु गर्दै आउनु भएको थियो ।

केहि महिना पहिला सोहि बिहारमा पू:न उपस्थित भै आफ्नो बुद्ध शिक्षाको अभ्यासलाई निरन्तररुपमा अगाडी बढाउँदै सन २०१५ साल जुलाई ३१ गतेको दिन उक्त बिहारको सस्थापक प्रमुख भिक्षु सद्धेय सद्धम्म ज्वतिका ध्वजा भिक्षु जटिल सहित अन्य १३ जना भिक्षुहरु द्धवारा कर्मबाचा गराई उक्त दिन देखि आफ्नो गृहष्थी जिवन त्यागी भिक्षु हुनु भएको हो ।

हाल उहाँ ग्रिनफोर्ड स्थित बिहारका अध्यक्ष कृषण दर्लामीको निवासको एउटा कोठकमा मगर बौद्ध समाज यूकेको बिहारको रूपमा लुम्बिनी बौद्ध बिहारमा बस्दै आउनु भएको छ ।

श्रद्धेय भिक्षु ईन्द्रशकको सारंसमा जानकारी :

गृहष्थी नाम : श्री शेरबहादुर थापा (तरामु) मगर

उमेर: ७३ बर्ष

जन्म स्थान : ठुलो लुम्पेक ७, थुम्का , गुल्मी नेपाल , नेपालमा पछिल्लो गृहष्थी जिवनको घर लुम्बिनी अञ्चल ,बुटवल उपमहानगरपालीका १४, तामनगर ।

बृटिस गोरखा सेनामा भर्ती भएको मिती: ०२ / ०१ / १९५७

पल्टन : क्वीन्स गोरखा ईन्जिनीयर

दर्जा : स्टाफ सार्जन्ट

पेन्सन मिती:  सन २९ /०१/ १९७९

प्रबज्या(बुद्ध शिक्षा प्राप्त गरेको) बिहार : अन्तरराष्ट्यि बुद्ध परियति उदय

बिहार,तिल्लतोमा न.पा ६, डिंगरनगर, रुपन्देही, नेपाल ।

भिक्षु : गुरु श्रद्धेय भिक्षु सद्धम्म ज्वतिका ध्वजा बुद्धन्ता जटिल भन्ते ज्यू ।

भिक्षु बनेको मिती : सन ३१ जुलाई २०१५

भिक्षु जिवनको नयां नाम ईन्द्रसक (श्रद्धेय ईन्द्रसक भन्ते ज्यू)

हालमा बस्नु भएको बिहार मगर बौद्ध समाज यूकेको बिहार लुम्बिनी बौद्ध बिहार ग्रिनफोर्ड बेलायत रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %