काठमाडाँ २६ माघ
संवैधानिक समितिको आज बिहान बसेको बैठकमा न्याय प्रणालीसम्बन्धी समितिको प्रतिवेदनमा टुङ्गो लगाउन बाँकी रहेको विषयमाथि छलफल सुरु भयो ।
सो प्रतिवेदनमा सहमतिका लागि विभिन्न आठवटा विषयमा टुङ्गो लगाउन बाँकी रहेको बताइएको छ ।
आजको बैठकमा सो विषयमा विभिन्न २० जना सभासद्ले आफ्नो धारणा राखेको समितिका सचिव टेकप्रसाद ढुङ्गानाले जानकारी दिए ।
साथै आजको बैठकमा व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा टुङ्गो लाग्न बाँकी रहेका विषयहरूमाथि पनि छलफल भएको थियो । बैठक समितिका सभापति नीलाम्बर आचार्यको सभापतिमा बसेको थियो ।