बेलायती दुताबासमाका सचिब सुर्य मगरलाई बिदाइ

Read Time:4 Minute, 58 Second

राज्यसत्ता,

फोटो: कुमार राना मगर

बेलायत, अक्टोबर २६ – मगर संघ बेलायतले २३ अक्टोबरका दिन नेपाली राजुदुताबास बेलायतमा कार्यरत तेष्रो सचिब सुर्यबहादुर थापा मगर र उनकी धर्मपत्नि सरिता थापा पुलामी मगरलाई एक समारोह बिच बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

थापा मगरद्धय यूके मगर संघ र मगर महिला संघ बेलायतका सल्लाहकार तथा मगर भवनका सम्रक्षक समेत हुन । थापा मगर आफ्नो कार्यकाल सफल्तासाथ सम्पन्न गरि आउने महिनाको नोभेम्बरमा नेपाल फर्कदै छन ।

सोहि दिनमा मगर संघ हङ्कङ्का पुर्ब अध्यक्ष तथा गोरेबहादुर खपाँगी मगर फाउन्डेशनका अध्यक्ष हुमबहादुर पचभैया थापा मगरलाइ पनि यूके मगर संघको सललाहकार र सम्रक्षकको हैसीयतले स्वागत गरएिको थियो ।

कार्यक्रम यूके मगर संघका अध्यक्ष दुत पुन मगरको अध्यक्षतामा प्रमुख अतिथि सचिब सुर्यबहादुर थापा मगर थिए भने महासचिब बम सुर्यबंसी मगरले सन्चालन गरेका थिए । कार्यक्रम संघको निजिभवनमा सम्पन्न भएको थियो । 

 

प्रमुख अतिथि मगरले आफ्नो बिदाइ भाषणमा यूके मगर संघ संग एउटै परिवार जस्तो भएर काम गरेको र बेलायती मगरहरुले लगाएको गुन आफुले कहिलै नभुल्ने साथै जहा गए पनि समयले साथ दिदा सम्म मगरको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै श्रीमती सरिता थापा पुलामी मगरले यूकेमा रहेर मगर र मगर महिलाहरुले अत्यन्तै  मिहेनत र लगनसिल्ताका साथ काम गरेकोमा मगर महिलाहरूको खुलेरै स्रहाना गरेकी थिन ।

अर्का अतिथि पचभैया मगरले आफु बेलायतमा नबसेता पनि मगर संघ यूकेले सल्लाहकार र सम्रक्षक जस्तो गरिमामय पदमा राखेकोमा स्वागत तथा घन्यबाद दिएका थिए । साथै नेपाल मगर संघका पूर्ब अध्यक्ष गोरेबहादुर खपांगी मगरको फाउन्डेशन दर्ता परक्रियाले अन्तिम रुप लिएको र खपांगीको स्वास्थ्यमा निकै खराबि देखिएकोले उहां हाल न्यूरो हस्पिटल बांसबारीमा उपचारर्थ रहनु भएकोले सबैलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । फाउन्डेशनको सादारण सदश्य बन्न रु पांच सय देखी माथी, आजीवन सदश्य बन्न रु दश हजार देखी माथी र फाउन्डेशनको सम्रक्षक बन्न २५ हजार देखी माथी रहेको र सदश्य बन्न सबैलाई आग्रह गरेका थिए ।

अर्का बक्ता सस्थाका सस्थापक अध्यक्ष थर्क राना मगरले हालै घोषण भएको कथित नयां सम्बिधानमा बेलायतमा बसोबास गर्ने भूपू सैनिक र तिनका सन्ततिलाई नेपाली नागरिक्तामा जन्मसिद्ध र बंशजका आधारमा पाएको नागरिक्तालाई त्याग्नलगाइ गैरआवासीय नागरिक्ता दिएर लाखौ आदिबासी जनजातिलाइ आफ्नो अधिकार बाट बन्चिति गर्न खोजिएकोमा खेदप्रकट गर्दै नेपाल सरकारलाइ तुरुन्त सँच्च्याउन अनुरोध गरेका थिए । यो कुरा बेलायती राजदुताबासमा र नेपाल सरकारलाइ पुर्याइदिन सचिब सुर्यबहादुर थापा मगरलाइ आग्रह गर्दै आउने दिनमा चांडै दुताबासमा ज्ञापनपत्र बुझाउन जाने बताएका थिए ।

अध्यक्ष दुत पुन मगरले मगरहरुको शिक्षामा अरु जातिको भन्दा अत्यन्त तल रहेकोले यूके मगर संघले एक करोड रपैयाको अक्षयकोष खडा गरी प्रतेक बर्ष पाँचजना मगरलाइ मास्टरडिग्री र प्रतेक पाँचबर्षमा ५० जना मगरलाइ पिएचडी डाक्टर गराउदा हाम्रो मगर समाजले राज्यको हरेक निकायमा राम्रो उपस्थिति देखाउँने हुँदा सबैले यो अक्ष्यकोषलाई सहयोग गर्न आग्रह गर्दै सभा बिसर्जन गरेका थिए । 

थप फोटो हेर्न यो लिङ्क थिच्नुहोस

Anita Rana Magar added 36 new photos to the album: Untitled Album by Padma Thapa and 8 others.

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %