लिम्वुवानको वन्दले मेची कोशीको जनजीवन प्रभावित

Read Time:1 Minute, 3 Second

 

भद्रपुर, २६ माघ 

 आफ्ना कार्यकर्ताको रिहाइको माग राखी सङ्घीय लिम्बुवान राज्य परिषद्ले हिजोदेखि सुरु गरेको मेची–कोशी बन्दका कारण आज पनि पूर्वक्षेत्रका जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक यातायात नचल्दा यात्रुलाई सास्ती भएको छ ।

मञ्च सम्वद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले नागरिकताको आधारमा मतदाता परिचयपत्रका लागि तस्बिर खिचाउने कार्यलाई सरकारले निरन्तरता दिएको भन्दै आह्वान गरेको बन्दको क्रममा छजना कार्यकर्तालाई पक्राउ गरेको थियो ।

तिनीहरूको रिहाइ नभएसम्म अनिश्चितकालका लागि सार्वजनिक यातायात सेवा ठप्प पार्ने परिषद्ले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %