गुण दोषको आधारमा सरकारलाई सहयोग गर्दछौ : राष्ट्रिय जनशति पार्टी

Read Time:1 Minute, 18 Second

काठमाडौँ, २५ माघ

राष्ट्रिय जनशक्ति पार्टीले गुण र दोषको आधारमा वर्तमान सरकारसँग व्यवहार गर्ने जनाएको छ । पार्टीले आज एक विज्ञप्ति जारी गरी शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने र नयाँ संविधान निर्माण गर्ने विषयमा अझ आफ्नो पार्टीको भूमिका र दृष्टिकोण सकारात्मक रहने स्पष्ट गरेको छ ।

एनेकपा (माओवादी) को सहयोगमा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भएकाले लामो अन्यौलपश्चात देशले सरकार पाएकोमा बधाइ दिँदै विज्ञप्तिमा यसले राजनीतिक जिम्मेवारीको प्रश्न उठाएको पनि बताइएको छ ।

प्रधानमन्त्री निर्वाचित हुनु केही क्षणअघि मात्र माओवादी अध्यक्ष पुष्पकल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच गोप्य रुपमा गरिएको सातसूत्रीय सम्झौता आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %