पुर्खाको बध गरिएकोमा खुशीयाली मनाउछन मगरहरु -सन्दर्भ बिजया दशमी

Read Time:6 Minute, 42 Second

तारा आले मगरको दसैं सम्बन्धी टिप्पणी 

-तारा आले मगर

धेरैले दसैं लगायतका नेपालमा मनाउने बिभिन्न चाड पर्व बारे लेख बिश्लेषण ,तर्क, वितर्क गर्ने गरेका छन ,धेरै हिन्दू चाड पर्वहरुलाई नेपालीको भनी उक्त चाड पर्वहरुलाई मात्र प्राथमिकतामा राखी राज्यले पक्ष पोषन गर्ने गरेको तर बिबिध जात जाती सन्स्क्रिती भएको देशमा अन्य धर्मअलोवाम्बी जात जातिका चाड पर्वलाई अनेपाली मान्दै राज्यले अछुत व्यवहाँर देखाउदै आएकोमा बिभिन्न समुदाय हरुले बिरोध जनाउदै आएका छन ।

दसैं नेपालीको मात्रको चाड भने पनि यो हिन्दू धर्मकै चाड हो भन्ने तथ्य राम र रावणको कथा ,दुर्गा देवी र असुर अनार्यको कथाले प्रस्त पार्दछ जुन बौद्ध इसाई किरात वा अन्य धर्ममा पाईदैन ,भारतमा पनि आर्यहरुले अनार्य असुर जातिका शक्तिशाली राजालाई षड्यन्त्र पुर्वक मारे पछी विजय दशमी मनाइने तथ्य छदैछ ,यसलाई जती सुकै काल्पनिक देवी देवताको पालाको भने पनि यो हिन्दू आर्यहरुले अनार्य आदी वासी जातीहरुलाई मारेर उत्सव मनाउन थालिएको प्रमाण छर्पस्त छ ज्वोलन्त उदाहरण भारतमा रामलाई पुज्नु र श्रीलन्कामा रावण पुज्नु ,भारतमा असुर जातीका आदिवासीले दसेराको बिरोध गर्नु आर्य र अनार्य हरुको बिचको द्वोन्द नै दसैंको मुल जड् हो । नेपालको ईतिहासको कुरा गर्दा पुर्वका राइ लिम्बुलाई दसैं पर्व जबर्जस्ती मान्न लगाएको ईतिहास छ ,ईस्वी सम्व १८६७ मा रिदाम आठ पहरिया र राम्लिहाङ आठ पहरिया लाई दसैं मान्न अस्विकार गर्दा हत्या गरिएको इतिहास छ । पश्चिमका मगरहरुले दसैं गोर्खामा शाह वन्सिय शाशकले षड्यन्त्रपुर्वक राज्य हत्त्याउनु अघी मानिदैनथ्यो तर मलाई अहिले धेरै शुभ चिन्तक मित्रहरुले गोर्खाका राजा मानसिङ खड्कामगरको राज्य लुटिनु भन्दा अगाडि पनि दसैं मनाउने गरिथ्यो भनेर केही प्रतिकृया आएको हुँदा केही कुरा लेख्न मलाई वाध्य बनायो।


त्यसैले दुई चार लाइन कोर्ने जमर्को मात्र गरेको हुँ। राजा मानसिङको षडन्त्रपुर्वक हत्या हुनु भन्दा अगाडि पनि दसैं त मनाउथ्यो। तर चैत्य दसैं मनाउने चलन थियो। चैत अस्टमीको दिन मात्र दसैं मनाउने परम्परा थियो। त्यसबेला पशुबली दिने चलन पनि थिएन। निधारमा चामलको टिका लगाउने चलन पनि थिएन। अस्टमिको दिन एक दिन मात्र आफ्नो चेलीबेटीलाई बोलाएर खानपिन र नाचगान गर्ने गरिनथ्यो। जब वि. स. १६१६ चैत्र १७ गते अस्टमिको राती गोर्खाली राजा मानसिङ खड्का मगरको षड्यन्त्रपुर्वक हत्या भयो,त्यसबेलादेखी मात्र रगतमा चामल भिजाएर टिका लगाउने परम्परा बसालेको ईतिहास साक्षी छ्। खड्कामगरलाई मारेर विजय मनाएको कारणले यो पर्वलाई खड्कामार पनि भन्ने गरिथ्यो भन्ने जनस्रुती अझै पनि यथावत छ् भने दसैंमा खड्क मार हान्ने दिन भनेर पशु बध गर्ने गरिन्छ ।

एकातिर आफ्नो पुर्खाको हत्या गरीएकोमा उत्सव मनाउने गरिन्छ भने अर्कोतिर आदिवासी जनजातिहरुलाई ॠण माथि ॠणको भारी बोकाएर कहिल्यै पनि माथि उठ्न नदिने पर्वको रुपमा हामीले चिनेका छौ । यस्तो यो मुलुकको मार्मिक र वास्तविक घट्नालाई हत्केलाले सुर्यलाई छेक्न खोजेझै आर्यहरुले यहाँका भुमीपुत्रको आँखामा छारो हाली-भरतमा प्रचलित हिन्दू ग्रन्थको काल्पनिक पात्र रामले रावणलाई र दुर्गाले दैत्य शुम्भ निशुम्भलाई मारी विजय गरेको उपलक्ष्य भनी टिको लगाउने गरिएको कपोलकल्पित हल्ला फिजाएर अझै पनि दसैं मान्न बाध्य बनाइ रहेका छन । रावणलाई लङ्कामा र शुम्भ निशुम्भलाई भारतमा मारिएको कथा हिन्दू धर्म ग्रन्थमा पाईन्छ। यदी यसलाई सत्य मान्ने हो भने श्रिलन्का ,भारतमा धुमधाम सँग काट्मार गरी निधार भरी चामलको टिका लगाइ दसैं मनाउनु पर्ने थियो तर काट्मार गर्ने र चामलको टिका लगाउने चलन श्रिलका र भारतमा छैन। यदी कथा वस्तुलाई नै आधार मान्ने हो भने दसैं मनाउनको लागि फूलपाती भारतीयहरुलाई नै बोकाएर नेपाल ल्याउनु पर्थ्यो तर आज सम्म किन गोर्खाली मगरहरुलाई फूलपाती बोकाएर काठमाडौंको हनुमान ढोका लगिने गरिन्छ ?

बाहिर जे सुकै फलाके पनि वास्तवमा दसैंको मुल उदश्य शोषकशामन्ती हरुले गरिव दुखीलाई पर्वको नाममा अझै गरिव बनाउनु ,हिन्दू धर्मको भार आदीवासी जनजाती दलितले बोकेर बस्नु ,राजनितिक सत्ता कायम राख्नु ,पर्वको नाममा व्यापार पर्वधन गर्नु नै रहेको खुलस्त छ ।  

आदरणिय पाठक मित्रहरु। मैले यहाँ दसैं मनाउनु ठीक या बेठिक भन्नु भन्दा नि हाम्रो यथार्थ ईतिहासलाई हामीले कहिल्यै पनि बिर्सनु हुँदैन भन्न मात्र खोजेको हुँ।आश्विन, २८, तेह्रथुम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %