यूकेमा घलेहरुको वार्षिक भेटघाट सम्पन्न

Read Time:4 Minute, 48 Second

घलेहरुलाई पनि आदिवासी जनजातिमा सुचिक्रित गरिनु पर्ने 

धन घले 

अल्डरसट,
बेलायतभरिका आम घले समुदायको वृहत भेला २६ सेप्टेम्बर २०१५ का दिन भेटघाट रेस्टुरेन्ट अल्डरसटमा भव्यताकासाथ सम्पन्न भएको छ । सो भेलामा बेलायतभरि छरिएर रहेका डाँङ्गे, साप्री, घेल्ताङ र रेलाङ चारै थरका घलेहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो । कार्यक्रमको सुरुमा संस्थाका अध्यक्ष टीकाराम घलेले उपस्थित सबैलाई धन्यवाद र न्यानो अभिवादनका साथ स्वागत भाषण गरेका थिए ।

कार्यक्रममा संस्थाका पूर्व सचिव तथा जनजाति महासंघ बेलायतका पूर्व महासचिव धन घलेले घले जातको पहिचान बारे प्रकाश परेका थिए । उनले अभिवादन ‘स्युब ख्यङ्ग’ (नमस्ते) भन्ने शव्दलाई प्रस्तुत गर्दै घले जाति विश्वमा विश्व विजेताको नामले चिनिएको जानकारी दिए । ऐतिहासिक युद्धस्थल नालापानी किल्लाका निर्माता कप्तान अंगद घले, दोस्रो विश्वयुद्धको विजेता वीरहरुको पनि वीर भीसी गजे घले, एनआरएनका वर्तमान अध्यक्ष शेष घले आदि घलेहरु प्रख्यात रहेको पनि उल्लेख गरे ।

यसरी संसारभर प्रख्यात रहेका घले (लिःल) जातिहरु आफ्नै देशमा भने आजसम्म कानूनीरुपले चिनिन सकिरहेका छैनन् भन्दै उनले हामी घले जातिहरु आफ्नै देशमा पहिचान विहिन भएर बाँच्नु परेको अवस्था गुनासो पोखे ।

घले जातिको अर्थ एवं परिभाषा दिँदै धन घलेले भने –‘घले जातिलाई घले भाषा (लिल कैंइ)मा विशिष्ट र मौलिक अर्थ लगाएको पाइन्छ ।‘लिः’ को अर्थ नेपाली भाषामा शक्तिशाली हुन्छ भने ‘ल’को अर्थ आत्मा हुन्छ । यसरी यी शव्दहरु संयोजन गरी अर्थ लगाउँदा शक्तिशाली आत्मावाट उत्पत्ति भएको वा जन्मिएको जाति घले हो भनी परापूर्वकालदेखि नै मानिँदै आइएको छ । घले जातिलाई लिःल नै भनेर आजभन्दा ६ सय वर्षभन्दा पहिला अर्थात ई सं १४१४ को शासनकालको बेलासम्मको पहिचान थियो । त्यसबेलाको स्थापित घले जातिको लिःल थियो र हाम्रो पुरानो कागजपत्रहरुमा पनि सोही कायम छ । घले जातिलाई लिःल शव्द प्रचलनमा रहँदा रहँदै पनि त्यस समयका शासकहरुले लिःल भन्न अप्ठेरो मानी सजिलोको निम्ति नेपालीमा अनुवाद गर्दा घले हुन आएको हो । यसरी घले जातिको परम्परागत मूल्य मान्यता र संस्कारहरुमा पनि घलेभन्दा बढी लिःल शव्द नै बढी मौलिक प्रचलनमा आउँछ ।’

उनले थपे हालसालै नयाँ संविधानको अध्याय २७ र धारा २६१ मा लेखिएको आदिवासी जनजाति आयोग गठनमा घलेहरुलाई पनि संलग्न गराउनु पर्ने अन्यथा आन्दोलन गरिने बताए । आफुले विभिन्न पन्ध्र देशमा रहेका संघर्ष समितिहरुको संयोजन गर्दै नेपालमा घले समाजको कार्यालय खोलिसेकेको जानकारी दिए । उनले अनुशूचीमा घले जातिलाई पार्नको लागि सबैसँग सहयोगको आव्हान गरे ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष राजु घले, कोषाध्यक्ष लाल घले, कोअर्डिनेटर दिल घले तथा बारपाकी समाजका अध्यक्ष मिन घले, उपाध्यक्ष सुर घले, सचिव जित घले र पूर्वअध्यक्ष डम्बर घले लगायतका घलेहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा विभिन्न विषयमा दक्षता हासिल गरेका व्यक्तित्वोहरु डा. गौरव घले, बारपाकी समाजका सचिव जित घलेलगायत लगायतलाई खादा ओडाई सम्मान गरिएको थियो ।

सचिव मानध्वज घलेद्वारा संचालित सो कार्यक्रमको अन्तमा उनकै म्युजिकमा नाचगान गरी सहभागीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %