काठमाडाँै, २४ माघ
संविधानसभा व्यवस्थापिका–संसद्को आज बस्ने भनिएको बैठक विशेष कारणवस सूचना टाँसेर स्थगन गरिएको छ । बैठक बस्न नसक्ने कारण देखाई सभामुख सुवास नेम्वाङले संविधानसभा व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीबमोजिम सो बैठक यही माघ २६ गते बुधबार दिनको १ बजे बोलाउनुभएको संविधानसभा व्यवस्थापिका–संसद्को महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) बीच शक्ति बाँडफाँडलगायतका विषयमा सहमति भइनसकेकाले आजको बैठक बस्न नसकेको बुझिएको छ ।
संसद् बैठक स्थगित
Read Time:51 Second