कमान सिं(कर्मा पहाडी)शेर्पा
बेलायत , अक्टुबर १४ – पहिलाका शासकले आदिबासी जनजातिलाइ प्रथम र दोश्रो बिश्वयूद्धमा गाउँ गाउँबाट गोर्खे लौरी लगाइ लडाइमा पठायो ।
अहिलेको शासकले कलमबाटै सम्बिधानमा नागरिकता बिहिन र बिदेशी बनाएको छ । त्यसैको बारेमा गत ११ अक्टुबरका दिन नेपाली आदिबासी जनजाति महासंघ यूके द्वारा बेलायती गोरखालीलाइ नयाँ सम्बिधानमा मौलिक अधिकार र नागरिकता बाट बन्चित गरिएको बारे बेलायतबासी नेपालीहरू भेला भएर बहश चलाएका छन् ।
भेलाको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईला र बिशेष अतिथिमा मदन पुरस्कार बिजेता राजन मुकारुङ् साथै कथाकार तथा पत्रकार राज कुमार दिक्पाल थिए । बिशेस आयोजित भेला अल्डरसत स्थित भेटधाट रेस्टुरेन्टमा सम्पन्न भएको थियो ।
भेलामा नेपालको पछिल्लो राजनीतिक विकास र घटनाक्रम ,नयाँ सम्बिधान बारेमा छलफल भएको थियो । साथै गोरखाहरूको नेपाली मौलिक अधिकार र नागरिकता सम्बन्धि विशेष छलफल भएको थियो । भेलामा वेलायतका गोरखाहरूमा आबद्ध संघ संस्था, नेपाल आदिबासी जनजाति महा संघमा आबद्द जातीय संघ सस्था, विभिन्न राजनीतिक भात्री संगठन, बेलायत संघियबादी मोर्चा, सामाजिक संघ सस्था तथा सबै सचेत गोरखाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काईलाले जहाँ पनि दुनियामा सासक वर्ग या सरकारले जब सहि ठंगले राज्य संचालन गर्दछ त्यहाँ सान्ति र समृद्दी हुन्छ । तर, नेपालमा सरकारले गरेको गलत काम र नीतिको कृते काम जस्ता कामहरु बाट मुलुकमा अन्योल र अब्ठ्यारो र नेपालीले साच्चै दु:ख पाएको अवस्था रहेको बताएका थिए।
बिशेष अतिथि मदन पुरस्कार बिजेता राजन मुकारुङ्ले भने जहाँ जुन देशमा सरकार या सासक बर्गले मेरै जात र परिवारको लागि भन्ने सोँच पाल्छ त्यो मुलुकका जनताले दु:ख पाएको बताए । सो बिशेष भेला नेपाल आदिबासी जनजाति महासंघ यूकेका अध्यक्ष तुल छन्त्यालको सभापतित्वमा माहासंघका महासचिव कमान सिङ्ग (कर्मा पहाडी) शेर्पाले कर्यक्रम सन्लन् गरेका थिए ।
महासंघका पूर्व अध्यक्ष थर्क रानाको संयोजक्त्योमा तिन सल्लहाकार सहित १३ सदस्य सर्व पक्षीय संयुक्त संघर्ष समिति गठन गरेकोछ । सो समितिले बृटिस गोरखा माथी नागरिक्तामा बन्देजका बिरूद्धमा कानुनी लडाइ लड्ने छ । स-संयोजकमा सुनबहादुर तामांग र जितेन्द्र सांपाङ्ग राई सचिब चयन भएकाछन । नेपालमा आन्दोलनरत संघ संस्थाहरु र ब्रिटिश गोरखा नेपाली नागरिकता संघर्ससमिति यूकले नेपाल सम्पर्क संयोजक सन्तोष थलङ्लाइ निरन्तरता दिनेभएको छ ।
तेस्तै शेर्पा संघ युकेका सस्थापक अध्यक्ष तथा बेलायत बुदिस्ट समाजका निबर्तमान अध्यक्ष काजी शेर्पा जनसंम्पर्क प्रमुख रहेका छन ।
सदस्यहरुमा:
पदम गाहा, राम ईजम, काजिमान गुरुङ, जंग सुनुवार, भिम राई, जीवन फागो वनेम, लोकेन्द्र तबेबुंग, सान्त हुक्पा चोंग्वांग, बीर नेम्वाङ्ग सर्वसम्मत चयन भएकाछन ।
सल्लहाकारहरूमा:
नेपाल आदिबासी जनजाति माहासंघ नेपालका पूर्व सचिब भक्त दुरा, संघिय समाजबादी फोरम पार्टीका केन्द्रिय बैकल्फिक सदस्य भगवान चाम्लिङ्ग राई, माहासंघ बेलायतका निबर्तमान अध्यक्ष श्रीप्रसाद लिम्बू सल्लाहकार सदस्यमा रहेका छन ।
ब्रिटिश गोरखा नेपाली नागरिकता संघर्स समिति यूकेले, जनजाति महासंघ यूके, संग सहकार्य गर्दै यथा सिग्र बैठक बोलाइ समितिलाई पूर्णता दिने र आन्दोलनको रणनिति तय गर्ने पनि बैठकले निर्णय गरेको छ ।
वर्तमान गोरखा नागरिक अभियन्ता सन्तोष थलांगले जनजाति महासंघको यो अभियानलाई स्वागत गर्दै यो आन्दोलन प्रत्येक गोरखा र गोरखाहरूको परिवारहरुको आफ्नै स्वाभिमान र अधिकारको अति जटिल बिषय भएकाले बेलायत लगायत विश्व भरि रहेका सम्पूर्ण गोरख समुदायले स्वतस्फुर्त रुपमा सहयोग गर्नु पर्ने बताए ।
अब गोरखाहरूले अरुको परिश्रम बाट प्राप्त उपलव्धि मात्र उपभोग गर्ने घृणित सोच र चरित्र तत्काल त्यागनु पर्दछ । आफ्ना भावी सन्ततिका लागी र राष्ट्रियताका लागि आन्दोलनमा सहभागी बन्नुपर्दछ । यो युगौं युगका लागि स्थापित गर्नपर्ने अधिकार आज सुरक्षित गर्न नसक्ने हो भने, भोलि आफ्नै सन्ततिले अहिले हामीले हाम्रा पुर्खा हरुलाई गाली गरे झैँ गाली गर्ने बताएका थिए ।