युएईमा मगरात अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 15 Second

दिप बुढा मगर 

युएई ,१० अक्टुबर – नेपाल मगर संघ युएईले संघका आफ्ना अगुवा कार्यकर्तालाई “जारी मगरात आन्दोलन र मगरहरुको भूमिका” विषयक १ दिने अगुवा प्रशिक्षण दिएकोछ ।

  संघकी अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष एवं प्रशिक्षण कार्यक्रमका अतिथि प्रशिक्षक मोहन कुमार तामांग र संघका भूपू अध्यक्ष हरि बहादुर घर्तिमगरको प्रशिक्षणमा २१ जना मगर अगुवा नेताहरुलाई गत ९ अक्टुवर आबुधाबीको मुरुररोडमा उक्त प्रशिक्षण दिईएको हो ।

  संघका अगुवा नेताहरुलाई प्रशिक्षण दिदै अध्यक्ष शुशी पुलामी मगरले जातीय समस्याको कारण जातीय संगठनको निर्माण भएको हुँदा, आफ्नो सँस्थाको केवल जातीय नाम राख्दैमा र कोहि कसैले यो संस्था आधिकारिक हो भन्दैमा त्यो संस्था आधिकारीक वा जातीय संघ संस्था नहुने, जातीय संघ संस्था हुन, आफ्नो जातिको भाषा,धर्म र संस्कृति संरक्षण संवर्द्धन गर्न र आफ्नो जातिको ऐतिहासिक पहिचान र अधिकारको लागी के कति कार्य सम्पादन गरेको छ ? भन्ने सवाल नै महत्वपूर्ण हुन्छ भनिन् ।

  अतिथि प्रशिक्षक एवं नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामांगले प्रशिक्षण दिदै मुलूकमा भएका राजनैतिक,सामाजिक र आर्थिक लगायतका सम्पूर्ण समस्याको जड ३ जना बाहुन नेताहरु नै भएकोले पहिचान र अधिकार प्राप्ति जारी मगरात आन्दोलन सफल बनाउन प्रत्येक मगर लगाएत मगरातवासीहरुले आन्दोलनको आधिवेरी ल्याउन पर्ने वताए ।

साथै भूपू अध्यक्ष हरि बहादुर घर्तिमगरले साना र ठुला कार्यक्रममा उद्घोषण कसरी गर्ने ? मन्तव्य दिदा, मन्तव्य कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । युएईमा मगर संघले पहिलो पटक दिएको यो, प्रशिक्षणले मगर अगुवाहरू अति उत्साहित भएर प्रशिक्षणमा भाग लिएका थिए भने, प्रशिक्षणवाट संघका अगुवा नेताहरुलाई कार्यक्रम संचालन गर्न, मन्तव्य दिन आत्मा विश्वासी एवं दक्ष बनाएको सहभागी संघका अगुवा नेताहरुले वताएका छन् ।

प्रशिक्षण कार्यक्रम संघका केन्द्रिय सचिव दिप बुढा मगरले सन्चाल गरेका थिए भने उपाध्यक्ष मिनु रानामगरले स्वागत मन्तव्य दिएकी थिइन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %