प्रधानमन्त्री खनालद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, २३ माघ

राष्ट्रपति डा रामवरण यादवले आज राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई पद तथा गोपनीयताको शपथ खुवाएकाछन ।

प्रधानमन्त्री खनाललाई यही माघ २० गते बसेको व्यवस्थापिका–संसदको बैठकले बहुमतबाट प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो । उनलाई एकीकृत नेकपा (माओवादी), नेकपा एमाले सहित १० दलबाट ३६८ मत प्राप्त भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %