कृशा गौतमी “पुत्र शोक” दु:ख सत्य

Read Time:4 Minute, 4 Second

✍ भिक्षु बुद्ध रक्खितो ‘रनु पुलामी मगर ’ 

“कृशा” को अर्थ दुब्ली पातली हो । गौतमी नामकी केटि दुब्ली पातली भएकीले उनको नाम कृशा गौतमी रहन गएको हो ।

कृशा गौतमी धनि परिवारकी छोरी थिइनँ र उनको विवाह एक धनि व्यापारी संग भएको थियो । विवाह भएको धेरै वर्षपछि, खुसीको कुरो उनि छोरोको आमा भईन । तर आफ्नो त्यो छोरा एक वर्ष नपुग्दै बितेपछी उनको मनमा ठुलो चोट पर्यो । उनले त्यो दु:ख सहनै सकेनन् र जसरी पनि आफ्नो छोरालाई बिउँत्याउने विचारले उनले आफ्नो बच्चालाई बिउँत्याइदिन सबै संग गुहार माग्दै हिडिन ।

मरेको बच्चा बोक्दै र छिन-छिनमा तिनलाई अंगालो हाल्दै उनि बैद्द्यहरु, झाक्री अरु कहाँ पुगिन र “मेरो यो नानीलाई जसरी पनि बिउँत्याइ दिनुस, लौ न” भन्दै सबैसंग गुहार्न थालिन । तर मरिसकेकोलाई फेरी जीवन कसले दिन सक्छ र सबैले उनीलाई सान्त्वना दिए र आफ्नो मरिसकेको बच्चालाई लिएर नहिड्न सल्हाह दिए । तर उनि भने आफ्नो बच्चालाई छाड्दै- नछाडी तिनलाई काखी च्याप्दै भेटेजति संग गुहार माग्दै हिडिरहिन । अन्तमा एकजना बौद्ध अनुयायीले उनलाई बुद्ध कहाँ पुगेर वन्दना गर्न सल्लाह दिए ।

कृशागौतमी बुद्ध कहाँ पुगिन् र आफ्नो दु:खको कथा बुद्धलाई रोईरोई सुनाउदै प्राथना गरिन्, “भो भगवान मेरो यस बच्चालाई जसरी पनि बिउँत्याइदिनुस् र मेरो उद्धार गरिदिनुस” बुद्धले कृशाको सबै कुरा बिस्तारपुर्वक सुन्नुभयो र गम्भीर भएर भन्नुभयो “तिम्रो नानीलाई बिउझाउने काम एउटा मात्र उपाय छ । यसका लागि तिमीले मलाई केहि तिल ल्याउन सक्नु पर्छ । त्यो तिल तिमी आफै घर घरमा गएर मागेर ल्याउनु पर्छ । फेरी महत्वपूर्ण कुरो के भने जुन घरबाट त्यो तिल ल्याउँछेउ त्यस घरका कोहि पनि मरेको भने हुनुहुँदैन । यसमा विशेष ध्यान दिनुपर्ला ।” कृशा गौतमी तिल खोजी ल्याउन उत्साहित भएर बहिर गईन ।

त्यसपछि कृशा तिला माग्न घर घर पुगिन् र माग्दै हिडिन् “मेरो छोरो एले सास फेर्न छाडेको छ, बुद्धले मलाई आजभन्दा पहिला कोहि पनि नमरेको त्यस्तो घरपरिवारबाट तिल मागेर ल्याउनसके बिउताई दिन्छु भन्नु भएको छ , त्यसैले मलाई अलिकति तिल दिनुस् न ।” गौतमीको कुरा सुन्नेहरु गौतमीको दु:खमा दुखी भए तर तिनीहरुले भने, “हाम्रो घरमा तिल छ, तर परार हाम्रो बाबु बित्नुभएको थियो । यस घरको तिल त कामलाग्ने भएन” गौतमी सबै जसो घरपरिवारमा कोहि न कोहि मरेको थियो भन्ने कुरा थाहा पाइन् त तिलको खोजी गर्दा गर्दै क्रिशालाई सम्पूर्ण प्राणीहरु ढिलोचाँडो एक न एक दिन मर्नै पर्छ भन्ने ज्ञान भयो । त्यसपछि उनको मन शान्त भयो र उनले आफ्नो छोराको दाहसंस्कार गरिन् । त्यसको लगत्तै उनि बुद्ध कहाँ फेरी पुगिन र बुद्धको सच्चा अनुयायी बनिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %