एमाले काँग्रेस भिडन्त, इटहरी तनावग्रस्त

Read Time:2 Minute, 22 Second

इटहरी, २३ माघ

नेकपा(एमाले) कार्यकर्ता र नेपाली काँग्रेस कार्यकर्ताबीच आज दिउँसो इटहरीमा दोहोरो झडपका कारण इटहरी तनावग्रस्त बन्न पुगेको छ  । नेपाली काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेललाई हिजो साँझ हातपात गर्ने एमाले कार्यकर्ता रुपेश बजगाईलाई कारवाहीका लागि उजुरी गर्न इलाका प्रहरी कार्यालय इटहरी पुग्दा पुनः एमाले कार्यकर्ताले आक्रमण गरेका थिए  ।

त्यस क्रममा एमाले युवा सङ्घले चार राउण्ड पेस्तोलबाट गोली चलाएको नेपाली काँग्रेस नगर सभापति पौडेलले जानकारी दिए  । झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ  ।

एमाले युवाहरू इलाका प्रहरी कार्यालयदेखि १०० मिटर पूर्व टेङ्ग्राखोला नजिक तैनाथ रहेका छन् भने नेपाली काँग्रेसका युवाहरू इटहरी चोकमा घट्नाको विरोध गर्दै एकघण्टे यातायात बन्द अभियानमा रहेका छन्  ।

नेपाली काँग्रेसका नगर सभापति पौडेलका अनुसार इलाका प्रहरी कार्यालय इटहरीले पेस्तोल पड्काउने र आफूमाथि आक्रमण गर्ने रुपेश बजगाईलाई एकघण्टाभित्रमा नियन्त्रणमा लिने आश्वासन दिएकाले एक घण्टासम्म पर्खने बताए   ।

बजगाई गत माघ ६ गते नेपाली काँग्रेस इटहरी नगरको उपसचिव पद परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका पूर्व नेपाली काँग्रेस कार्यकर्ता रहेका थिए  । उनी वर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष झलनाथ खनाल यहाँ आउँदा एमालेमा प्रवेश गरेका थिए  । इटहरीमा बढेको तनावलाई नियन्त्रणमा लिनका लागि जनपद र शसस्त्र प्रहरीलाई ब्यापक रुपमा परिचालन गरिएको छ  ।

तनावपछि इटहरीको बजारसमेत बन्द हुन पुगेको छ  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %