बेलायतमा किरात राईहरुको छैठौं अधिवेशन सम्पन्न

Read Time:7 Minute, 2 Second

रोशन मेवाहाङ्ग
लन्डन, १३ असोज – लन्डन वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमी किरात राई हाउस, ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थलमा छैठौं अधिवेशन सम्पन्न भएकोछ। 

निर्वाचन समितिका प्रमुख पूर्व जिल्ला सभापति रत्न राईले नवनिर्वा्चित कार्यसमितीलाई संस्थाको शपथ ग्रहण गराउनु भएको थियो ।किराँत राई यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका प्राध्यापक तथा किराँत राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालको पूर्व अध्यक्ष श्रीमती सुमाया राई, विशेष अतिथिहरुमा पूर्व प्रमुख जिल्ला अधिकृत श्री प्रेम बान्तवा र किराँत राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालको सहकोषाध्यक्ष श्री अशोक राईको उपस्थित रहेको थिए ।

प्रमुख अतिथि लगायत अतिथिहरू र यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईद्वारा सयुक्त रुपमा पानशमा दिप प्रज्जलन गरी नेपाली राष्ट्रिय गानबाट थालनी गरिएको कार्यक्रमलाई औपचारिक रुपमा यायोक्खा बेलायतका सचिब चन्द्रवती साम्पाङ्गले संन्चालन गर्नु भएको थियो ।  कार्यक्रमको पहिलो सत्रमा यायोक्खा बेलायतका उपाध्यक्ष चन्द्र राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा निर्वतमान उपाध्यक्ष तथा माङ्खिम संयोजक  कल्पना राई र माङ्खिम निर्देशक मेजर योगेस राईले शुभकामना मन्तव्य साथै माङ्खिम तथा साकेला स्थलको परियोजनाको जानकारी व्यक्त गरेका थिए । त्यसै गरी मन्तव्यकै क्रममा किरात राई यायोक्खाको आफ्नै भुमिमा पहिलो पटक सम्पन्न ’एजुकेशन इन द पार्कको ’ संयोजक श्री माहा प्रसाद साम्पाङ्गले कार्यक्रम अत्यन्तै भव्य रुपमा सफल भएकोमा किरात राई यायोक्खा बेलायत लगायत सम्पुर्ण अभिभावक र सहयोगी हातहरुलाई  मुरी मुरी धन्यवाद टक्राएका थिए ।


संस्थाका कोषाध्यक्ष डम्बर राईले आर्थीक प्रतिवेदन र महासचिव श्री जितेन्द्र साम्पाङ्गले सांगठानिक प्रगती बिवरण पेश गर्नु भएको थियो । प्रमुख अतिथी प्राध्यापक सुमाया राईको अन्तिम मन्तव्यमा उनले संस्थाको क्षेत्रधिकार,पद्घति,संगठनको प्रक्रिया,ढाचाको विषयमा आलाङ्गकारिक रुपमा प्रशिक्षित गदै किराँत राईहरुको मौलिक पहिचानको निमित्त भाषा,धर्म,संस्कार र संस्कृतिको सम्बद्घन अभियानमा लागिरहन अनुरोध गरेकी थिईन् । उक्त सम्मेलमा केहि असुतुष्ट पक्ष देखिरहदा उपस्थितहरुले समेटेर लग्न सकिएमा यायोक्खा बेलायत एक्बद्ध हुन सक्ने एकआपसमा कानेखुशी गरीरहेको देखिरहेको थियो । मन्तव्य पश्चात अध्यक्ष पदम राईले क्षेत्रिय प्राकस अध्यक्षहरु लगायत माङखिम तथा शाकेला स्थल  संयोजक कल्पना राई साथै उनको समिति, किराँत राई यायोक्खको सम्पुर्ण पदाधिकारी सदस्यहरु, निर्देशक समिति र बेलायतबासी सम्पुर्ण राईहरुलाई धन्यबाद प्रकट गदैे समिति भंग तथा अन्त्य गर्नु अगावै  निर्वाचन समिति र विधान संशोधन समितिको घोषणा गरेको थियो ।


दोश्रो सत्रको कार्यक्रममा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरु तथा परिवेक्षेकहरुको विचमा विधान संसोधन समितिले संसोधन समितिले संशोधित विधान प्रस्तुत गरेका थिए । प्रस्तुत विधानको दफावार छलफल पछाडी सर्वसम्मतले विधान पारित गदै विधानको आधारमा  निर्वाचन समितिको संयोजक पूर्व जिल्ला सभापति रत्न कुमार राईको नेतृत्वमा दुई समिति गठन भएको थियो । संवाद तथा सहमति समितिका प्रतिनिधिहरु रिटायर क्याप्टेन अशोक राई,कलाकार संघ बेलायतका अध्यक्ष निर पुमा राई,शिवधन राई र जय प्रकाश राई त्यसै गरि परिवेक्षक समितिमा एनआरएन बेलायतका बरिष्ठ उपाध्यक्ष मास्टर राष्ट्र राई,कानुनविद चण्डिका राई (प्रबाशी कान्छा), नेपाली फिल्मी निर्माता दयासागर राई र आदिबासी जनजाति महासंघका पूर्व महासचिब नरेश काम्बाङ्ग रहेका थिए ।
नव गठित किराँत राई यायोक्खा बेलायतको प्रत्याशी उम्मेदवारहरुविच सहमति अनुसार किराँत राई यायोक्खा बेलायतको अध्यक्ष पदमा पदम राई, उपाध्यक्ष पदमा चन्द्र बहादुर राई,  सुमन साम्पाङ्ग, दिवाकर साम्पाङ्ग र, महासचिब जितेन्द्र साम्पाङ्ग, सचिब श्री चन्द्रवति साम्पाङ्ग र सनविर राई, कोषाध्यक्ष डम्बर राई चयन भएका छन् ।
सहकोषध्यक्षमा श्री निलम रुङ्माङ , सदस्यहरुमा दयासागर रुङ्माङ  ,विनोद रुङ्माङ , भुमिराज रुङ्माङ , धनराज राई, धुब्र राई, श्री पर्मिला राई,अनिता राई, मेजर भुपजित राई, मेजर दिलकुमार राई, धर्म केसर राई, देविराम राई, ईश्वर चन्द्र राई, हेम कुमार राई, योगेश राई, दिलिप राई र चुनिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %