नेपाल भारत को प्रयोशाला होइन ?

Read Time:15 Minute, 20 Second

अमर दीप मोक्तान  

                                  

नेपालको संबिधान २०७२ को घोषणा पश्चात भारतको क्रोध अघोषित नाकाबन्दीमा किन परिणत भयो यसको मुख्य कारण भारतले नेपाललाइ आफ्नो अधिन , वर्चस्व तथा प्रभुत्व राख्ने कुनियतको अन्त हुनु हो ।

नेपाल प्रति भारतको गिद्धे दृस्टी धेरै अगाडी देखिनै थियो तथा भारत बिभिन्न समझदारीको नाममा क्रमसः आफ्नो योजना साकार बनाउने दिशातर्फ क्रमसःहुदै गई रहेको थियो तर संबिधान २०७२ आफ्नो अनुकुल निर्माण नहुदा भारतको अति महत्वाकान्छी विस्तारवादी चरित्रमाथि गम्भीर कुठाराघात भएको छ । नेपाल प्रति भारतको गिद्धे दृस्टी विश्वमान चित्रमा भारतको शक्तिशाली विशाल राष्ट्र बन्ने विस्तारवादी मह्त्वकंछाको घृणित रुप हो । भारतमा जुनसुकै सरकार आए पनि उत्तर हिमाल सम्मको सिमाना मुख्य अजेण्डा भित्र पर्दछ । भारतको उत्तर सम्म सिमाना पुग्न तिनवटा बाधा थियो । सिक्किम , भुटान तथा नेपाल ,सिक्किमलाइ  भारतमा विलय गराएर तथा ,भुटान लाइ अघोसित प्रान्त बनाएर आंशिक रुपमा भारतको महत्वाकान्छा त पूर्ण  भयो तर , नेपाललाइ आफ्नो अनुकुल बनाउन बिभिन्न प्रयाश र दवाब तथा प्रलोभन दिदा समेत आफ्नो वर्चस्व अनुकुलको संबिधान निर्माण गराउने प्रयाशमा असफल हुदा भारतको क्रोधको सिमा रहेन । चाहे मधेशी नागरिकता तथा अधिकार नदिएको प्रसंग होस् चाहे सिमानाको प्रसंग होस् यो त् भारतको बहाना मात्रै हो । भारतको भित्रि अकान्छा भनेको नेपाललाइ भारतको एक प्रान्त बनाउनेनै हो ।

भारत स्वाधीन पश्चात भारतमा १४० यस्तो राज्य थियो जो अंग्रेज शाशनको अधिनमा रहे पनि बिभिन्न महाराज तथा नवाब द्वारा शासित थियो । उल्लेखित राज्यहरु अंग्रेजद्वारा गरिएको सम्झौता अनुशर भारत स्वाधीन हुन साथ स्वतः स्वतन्त्र राज्यमा परिणत भए । उनीहरुको दुइ विकल्प थियो या त भारत अथवा पाकिस्तान संग सम्झौता गरि मिल्नु वा आफुलाई स्वतन्त्र घोषित गर्नु । भारत सरकारका तत्कालिन अन्तरिम सरकारका ग्रिह मन्त्रि सर्दार बल्लव भाई पटेललाइ उल्लेखित राज्यहरु संग सम्झौता गरि भारतमा मिलाउने जिम्मा सुम्पियो । सरदार पटेलले लर्ड माउन्टबेटन ,वि पी मेनन तथा राजाहरुको परिषदका चान्सलर महाराजा पटियालाको सहयोगमा १३७ राज्यलाइ भारतमा मिलाउने कठिन कार्य पूर्ण गर्नुमा सफलता प्राप्त गरे । भारतमा मिलाउन सबै भन्दा ठुलो टाउको दुखाई जुनागढ़ हैदराबाद तथा कश्मिर बन्यो । जुनागढ़ तथा हैदराबादको पाकिस्तानमा मिल्ने आकान्छा तथा दुवै राज्यमा बहुसंख्यक जनता हिन्दु भएको हुनाले पटेलको सहरमा पाकिस्तानमा मिल्ने नवाबहरुको निर्णय विरुद्ध स्वतन्त्र अस्थायी हिन्दु सरकार गरेर पाकिस्तानको इक्षा पूर्ण हुन् सकेन । जुनागढ़को नवाब हिन्दु सरकारको स्थापनले भयभित भएर पाकिस्तान भागे । अस्थायी सरकारले जनमत संग्रह गराएर जुनागढ़ भारतमा सम्मिल्लित हुने आकान्छा देखाएको बहानामा जुनागढ़ लाइ भारतमा सामिल गरियो ।

हैदराबाद का नवाब कुनै पनि हालत मा भारत मा शमिल न हुने देखेर भारत सरकार ले कारवाही गरि पाँच दिन मा हैदराबाद भारत मा मिलाउने निर्णय गर्यो र हैदराबाद  भारतमा विलिन भयो । जम्मु कश्मिर को समस्या सर्वाधिक गम्भीर थियो ,कश्मिर महाराज हरिसिंग न त् भारत न त् पाकिस्तान मा सम्मिल्लित हुन् चाहन्थे उनि कश्मिर लाइ स्वतन्त्रराष्ट्र बनाउन चाहन्थे तर कश्मिरको बहुसंख्यक जनत मुसलमान भएको हुनाले महाराजा हरिसिंग एक अस्थायी सम्झौता गर्न विवस हुन् पर्यो पछि गएर पाकिस्तान ले सम्झौता को उल्लंघन गर्दै कश्मिर मा आतंक को सिर्जना गर्यो तथा २२ अक्टोबर १९४८ मा पाकिस्तान ले  कबायलीको सहयोग मा कश्मिर माथि आक्रमण गर्यो । २४ अक्टोबर १९४८ मा महाराजा  हरिसिंग ले भारत संग सैनिक सहायता माग्यो तर प्रधानमन्त्री नेहरु ले सैनिक सहायता दिन असमर्थता व्यक्त गर्यो पछि गएर राज्य को प्रमुख दल का नेता शेख अब्दुल्ला को आस्वासन पश्चात भारत ले सैनिक कारवाही प्रारम्भ गर्यो तर त्यस समय सम्म धेरै ढिला भई सकेको हुनाले आधा भन्दा बडी कश्मिर पाकिस्तान ले कब्जा गर्यो र आज पनि कश्मिर समस्या का कारण भारत पाकिस्तान मा मतभेद कायम छ । भारत मा फ्रान्स अधिनमा पोंडिचारी,चन्दननगर,माहेम, करिकल र यानम थियो भारत  स्वतन्त्रतापश्चात फ्रान्स अधिन क्षेत्र फ्रान्स सरकार संग सम्झौता पश्चात १९५४ मा भारत मा सम्मिल्लित भयो । पुर्तगाल  अधिन मा रहेको गोवा,दादरा नगर हवेली, दमन दिउ पुर्तगाल सरकार संग सम्झौता पश्चात दिसम्बर १ ९६१ मा भारत मा विलिन भयो ।

 साम दाम दण्ड भेद को नीति अख्तियार गर्दै भारत लाइ विशाल भुखंड मा परिणत गर्न सफल बनाउने सरदार बल्लभ भाई पटेल को १५ दिसम्बर १९५० म असामयिक निधन तथा बिभिन्न समस्या ले ग्रस्त  भएका कारण उत्तर हिमाल सम्म  भारत को सिमाना बनाउन  सिक्किम  भुटान तथा नेपाल माथि को गिद्धे दृस्टी राखेको  भारत को योजना त्यस समय सफल हुन् पायेन । सर्दार बल्लभ भाई पटेलको निधन पश्चात पनि भारत को विस्तारवादी नीति यथावत रुप मा कायम छ त्यसको ज्वलन्त उदाहरण सिक्किम को विलय ,अघोषित प्रान्त भुटान तथा अनाहक मा नेपाल लाइ दुख दिने  तथा आफ्नो अनुकुल को वातावरण बनाउन नाकाबन्दी को रणनीति ।

 विशाल इराक  को सपना बोकेर सद्दाम हुस्सैन ले अचानक आक्रमण गर्दै कुवैत कब्जा गर्यो ,साउदी अरब माथि आक्रमण गरि कब्जा गर्ने प्रयाश गर्यो आज सद्दाम हुस्सैन दुनिया मा छैनन् तथा इराक तहस नहस तथा ध्वस्त भएको छ । भारत को नियत पनि सद्दाम हुसैन  को अति मह्त्वकान्छी  प्रवृति संग मिल्दो जुल्दो देखिन्छ । विशाल भारत बनाउने  सपना बोकेको भारत ले आफ्नो महत्वाकान्छा  पूर्ण गर्न। प्रत्यक्ष  अप्रत्यक्ष रुप छिमेको हरु मा अशान्ति मचाउने नीति अख्तियार गरेको देखिन्छ । पूर्वी पाकिस्तान हाल बंगलादेश  टुक्राउन  मुक्तियोद्धा को नाम मा भारतीय सेना को प्रवेस गराएर बंगाली स्वाभिमान को नाटक मन्चन गरि पकिस्तान्न को पूर्वी अंग लाइ बंगलादेश बनाउन सफल भयो तर बंगलादेश एक स्वतन्त्र राष्ट्र भए पनि भारत को छत्रछाया मा राख्नु पर्ने विचार का भारत समर्थक शेख मुजिबुर रहमान को आक्रोशित जनता ले परिवार सहित हत्या गर्यो । आज पनि भारत को चलखेल का कारण बंगलादेश अशान्त  तथा अस्थिर छ श्रीलंका मा ग्रिह युद्ध को कारक तत्व पनि भारत नै हो भनि सर्वविदित छ ,तमिलनाडु बाट श्रमिक का रुप मा गएका तमिल लाई अधिकार प्राप्ति को नाम मा स्वतन्त्र राष्ट्र बनाउन सहयोग समर्थन तथा सैनिक सहयोग दिएको कारण वर्षौ सम्म श्रीलंका ग्रिह युद्ध को चपेटा मा पर्यो तथा  भारत ले पालेको तमिल को हात भारतीय प्रधान मन्त्रि राजिव गान्धी को नृसंस हत्या भयो |भारतले  रोपेको द्वन्द हमेशा को लागि समाप्त पार्न श्रीलंका ले ठुलो सैनिककारवाही गरेर तमिल नेता प्रभाकरण लाइ हमेशा को लागि समाप्त गर्यो ।

श्रीलंका मा शान्ति देखिए पनि श्रीलंका लाइ अशान्त बनाउन भित्र भित्र भारत को चलखेल जारी छ । पाकिस्तान लगभग गृह युद्ध ,हिंशा तथा आतंकवादी चपेटा को स्थिति मा रहेको छ त्यसको मुख्य  जिम्मेवार अमेरिका को साथै भारत पनि एक हो |विशाल भारत बनाउने मह्त्वकंछा ले गर्दा भारत ले छिमेकि राष्ट्र हरु मा अशान्ति अन्योल को वातावरण निर्माण मा प्रत्यक्ष अप्रत्यक्ष रुप मा  मल जल गरेको देखिन्छ  । नेपाल मात्रै होइन बंगलादेश ,श्रीलंका,पाकिस्तान जहाँ पनि  सुख शान्ति समृद्धि पार्टी भारत इर्ष्या गर्ने राष्ट्र हो भारत । छिमेकि राष्ट्र हरु को समृद्धि ले विशाल  भारतको सपना मा कुठाराघात हुने देखेर कुनै न कुनै रुप मा अस्थिरता,अशान्ति जन्माउने कारकतत्व भारत नै हुने गर्दछ ।

 प्रसंग नेपाल तर्फ के नेपाल लेआफ्नो संबिधान आफैले निर्माण गर्नु भारत को दृस्टी मा अपराध हो त् ?संबिधान २०७२ ले नेपाल को सम्पूर्ण जति समुदाय को सम्पूर्ण माग सम्बोधन गरेको बारे भन्नु पर्दा छैन तर त्यसो भन्दै मा भारत ले तेर्साएको बुदा हरु संबिधान मा समावेश गर्दा संबिधान  पूर्णरुप ले नेपाली जनता को त्रुटीविहिन  संबिधान  हुने छ भनि ठोकुवा गर्न सकिन्छ ?विश्व को ठुलो भनिने लोकतान्त्रिक देश भारत ले मधेशवादी अधिकार कुण्ठित भएको बहाना मा आफ्नो  कुत्सित मनसाय पूर्ण गर्न नेपाल सग भएका सन्धि  सम्झौता को उल्लंघन गर्दै बिना सुचना हैद्कम्वादी तवर ले  अघोषित नाकाबन्दी गरेर निर्लज्जता को चरम रुप  देखाएको छ । बैशाख १२ गते को महाभूकम्प ले क्षतबिक्षत नेपाल बल्ल बल्ल स्वस्थ हुने अवस्था मा पुगेको बेला आफ्नो भाग्य को निर्माण गर्न संबिधान को घोषण गर्दा संबिधान लाइ असफल बनाउन खोज्ने भारत को निर्णय क्रुर  निर्दयता तथा कायरपूर्ण कार्य हो ।

धार्मिक शंस्कृतिक समानता भएको राष्ट्र नेपाल आज भारत को क्रुर तथा कुनियत व्यवहार का कारण  विमुख हुदै जानु  भारतीय परराष्ट्र नीति पूर्ण रुप ले धरासाही हुनु हो । भारत ले प्रयोग को नीति अख्तियार गर्न बन्द गर्नु पर्छ ,श्रीलंकामा सिंहली विरुद्ध तमिल को प्रयोग ,सिक्किम मा भोटिया शासक  विरुद्ध नेपाली को प्रयोग.भुटान मा नेपाली  विरुद्ध भोटिया शासक को प्रयोग,पाकिस्तान मा उज्बेक आदिवासी तथा मोहाजिर को पाकिस्तान विरुद्ध उपयोग , बग्लादेश मा हिन्दु कार्ड असफल भयो नेपाल मा हिन्दुराष्ट्रवादी  तथा मधेशी  हाल आएर थारु तथा आदिवाशी को प्रयोग गरि  खेलेको खेल नेपाली जनता माझ   छताछुल्ल  तथा पर्दाफाश  भएकोछ । भारत ले शार्क मुलुक का छिमेकि राष्ट्रहरु मा आफ्नो स्वार्थ का लागि अशान्ति द्वन्द मचाएर दादागिरी गर्ने कार्य अविलम्ब बन्द हुनु पर्छ ,छिमेकि को घर मा अशान्ति मचाउन खोजिए  भारत भयंकर अशान्ति मा परेको दिन भारत पिडित छिमेकि हरु व्यंग गर्दै थपडी  बजाउने छन् भनि  याद राख्न जरुरि छ । संबिधान मा मधेशी मात्रको अधिकार स्थापित गराउन बिभिन्न प्रपन्च  तथा पछाडी बाट छुरा प्रहार गर्ने  कार्य तथा अनावस्यक चलखेल तत्कालै अन्त हुनु पर्छ यसैमा नेपाल र भारत दुवै को भलाइ छ । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %