बम थापा सूर्यवंशीमगर
मगराँत आन्दोलनमा स्याखुँ ओडेर जादै युकेका महिलाहरु
नेपालको जारी नयाँ संविधानले मगरात भूमिलाई संघीयतामा लैजाँदा तीनवटा प्रदेशमा विभाजन गरेको र मगरलगायत उत्पीडित समुदायका आधारभूत मुद्धाहरु सम्वोधन नगरेको विरोधमा नेपाल मगर संघ, मगरात संघर्ष समितिलाई मगर संघ युकेले समर्थन गरी सहयोग गर्ने भएको छ ।
मगरात संघर्ष समितिले उठाउँदै आएका प्रमुख मुद्धाहरुमध्ये बटमलाइनको रुपमा पहिचान र सामर्थ्यको आधारमा ऐतिहासिक पहिचान (सधन बसोवासको भौगोलिक निरन्तरता) सहितको मगरात स्वायत्त प्रदेशलाई अघि सार्ने निर्णयलाई मगर संघ युकेले स्वागत गरेको छ ।
मगरातका बारेमा छरिएका भ्रम र दुष्प्रचारहरुको खण्डन गर्दै सचेतना बढाउन अति जरुरी भएको र जातीय उद्धेश्य प्राप्तिका लागि मगर संघ युकेको पनि गहन जिम्मेवारी भएको हुँदा मगरात आन्दोलनका लागि आर्थिक सहयोग जुटाउन मगर संघ युकेका विदेश विभाग प्रमुख एवम् उपाध्यक्ष नेम थापामगर, संघका कोषाध्यक्ष नेत्र आलेमगर र केन्ट शाखाका लाल पुन मगरले विशेष पहल गरिरहेको खबर छ ।