लोक दोहरी गायिका जानकी तरामी मगर र नेपाली चलचित्र सम्पादक तारा थापा मगर “किम्भे” लाई सम्मान ।
बिजय कुमार मगर
दोहा कतार, २७ सेप्टेम्बर २०१५ – नेपाल मगर संघ, शाखा कतारले मिति २५ सेप्टेम्बर २०१५ शुक्रबारको दिन दोहा जजिद मा अवस्थित ढाका रेस्टुरेण्टमा “भेटघाट तथा सम्मान कार्यक्रम” सम्पन्न गरेको छ ।
नेपाल मगर संघ, दोहा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा, प्रमुख अतिथि चर्चित लोकप्रिय लोक दोहोरी गायिका जानकी तरामी मगर थए भने बिशिष्ट अतिथिहरुमा नेपाली चलचित्रका सम्पादन तारा थापा मगर “ किम्भे “ त्यसै गरि नेपाल मगर संघ, दोहा कतारका सांस्कृतिक बाङ (राजा) रबिन थापा मगर,संस्थाका प्रमुख सल्लाहकार भिम तरामु मगर थिए ।
भने अन्य अतिथिहरुमा नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, बचत कोषका पुर्व अध्यक्ष लिलम्बर चिदी मगर, संस्थाका बर्तमान सल्लाहकारहरु जनक थापा मगर, डि, एन मगर, खिम राना मगर, मिलन सारु मगर,रमेश थापा मगर, नेपाल मगर संघका मार्नथ सदस्यहरु बबिन राई, टेक रसाइली, गुल्मी सेवा समाजका अध्यक्ष शिव खड्का, नेपाली महिला समाजका कोषाध्यक्ष सुस्मिता भुषाल, म्याग्दि सेवा समाजका संरक्षक नन्द गर्बुजा मगर, कास्की आर्दश समाजका सचिव मन प्रसाद मगर, कि.या.चु.का सदस्य हर्क खजुम लिम्बु , नेपाल मगर संघ, शाखा कतार एरिया समितिहरु बाट दोहा एरिया समितिका अध्यक्ष उद्घव सारु मगर, सनैया “ए“ एरिया समितिका अध्यक्ष मिन थापा मगर, सनैया “बि” एरिया समितिका सदस्य नरेन्द्र ल्हायो मगर , नेपाली कलाकेन्द्रका नृत्य प्रशिक्षक प्रविन राई, समाजसेवीहरु श्याम भुषाल, मिना खड्का थिए ।
उक्त कार्यक्रम यस संस्थाका महिला विभागका संयोजक ईशोरा मगरको संयोजकत्वमा भएको थियो । भने कार्यक्रम केन्द्रिय महासचिव बिजय कुमार मगर र इशोरा मगरको संचालन गर्नु भएका थियो । कार्यक्रममा पाल्नु भएका पाहुनाहरु तथा उपस्थित सवैका संस्थाका द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगरले मन्तव्यद्धारा स्वागत गरेका थिए भने कार्यक्रमको बारेमा जानकारी महिला विभागका संयोजक इशोरा मगरले दिएका थिए ।
उक्त भेटघाट तथा सम्मान कार्यक्रममा चर्चित लोक तथा दोहरी गायिका जानकी तरामी मगर र नेपाली चलचित्र जगतका सम्पादन कार्यमा उच्च योगदान दिएका तारा थापा मगर “किम्भे” लाई सम्मान पत्र र मायाको चिनो नेपाल मगर संघ, शाखा कतार को तर्फबाट अध्यक्ष महेन्द्र थापा मगरले प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अथिती जानुकी तरामी मगरले आफ्नो सुमधुर स्वरमा गित गाएर सबैलाई नचाएका थिए साथमा संस्थाका कला तथा सांस्कृतिक विभागका कलाकारहरु पाण्डव थापा मगर, सोम थापा मगर र जनक पौडेल संग घम्सा घम्सि लोक दोहरी गएकी थिएन उहाँ हरु लाई बाध्यबाद्नमा नेपाली कला केन्द्र कतारका कलाकारहरु शुबाष गजमेर , अग्नि तामङ साथ दिएका थिए । साथै कार्यक्रममा कलातथा सास्कृतिक विभाग सचिव सोम थापा मगरले सालैजो गाएर सबैलाई नचाएका थिए । त्येसै गरि अभि पुरी ,रुबिना तामाङ र गंगा तामाङले मनमोहक नाच प्रस्तुत गरेर कार्यक्रममा उपस्थिति सम्पुर्ण को मन जितेका थिए ।
शुभकामना मन्तव्य दिनुहुदै दोहा एरिया समितिका अध्यक्ष उद्घब सारु मगर, गुल्मी सेवा समाजको अध्यक्ष शिव खड्का नेपाली महिला समाजका कोषाध्यक्ष सुस्मिता भुषालले कार्यक्रमको पूर्ण सफलताको कामना गर्नु भएको थियो । यसरी नै नेपाली चलचित्रका सम्पादन कार्य गरिरहनु भएका तारा थापा मगर “किभ्भे” ले नेपाल मगर संघ, शाखा कतारले दिएको सम्मानको लागि धेरै धेरै धन्यवाद दिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती जानकी तरामी मगरले सम्पुर्ण कतारवासी मगरहरु तथा नेपाल मगर संघ, शाखा कतारलाई सम्मानको लागि धेरै धेरै धन्यवाद दिदै आफु संधै रिणी भएको र यसको लाज राख्नको लागि मगर र मगरहरुको कला तथा संस्कृतिलाई जिवित राख्नको निमित्त सक्दो कोशिश गर्ने प्रतिवद्धता गरेका थिए ।
कार्यक्रमको विचमा नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको सनैया “ए“ एरिया समितिका कुशल सदस्य दिल दर्लामी मगर कतार नर्फकने गरि नेपाल जानू भएकोले उहाँले अहिले सम्म संस्थामा दिएको उच्च योगदानको कदर गर्दै कदर पत्र प्रमुख अथिती जानकी तरामी मगरको हातवाट हस्तान्तरण गरेर विदाई गरिएको थियो ।
अन्तमा, नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले राष्ट्रको गहना कलाकारहरु लाई सम्मान गर्नु पाउनु हाम्रो संस्थाको लागि पनि गौरवान्वित कुरा हो अनि हाम्रो संस्थाले कला र कलाकार को सधै सम्मान गरीरहने भन्दै खानपिनका लागि तैयार पारेर सहयोग गर्नु हुने खगि पुनमगर, जानुका मगर, जनक थापामगर लगायतका संपूर्ण सहयोगि हातहरुलाई धन्यवाद दिएका थिए । नेपाली महिला समाजद्धारा चर्चित लोकदोहरी गायिका जानकी तरामी मगर संग भलाकुसारी गर्नका लागि वातावरण मिलाएकोमा विशेष धन्यवाद दिदै उपस्थित सम्पुर्णलाई कार्यक्रममा सहभागि भएर सफल पारिदिनु भएकोमा धन्यवाद सहित कार्यक्रम समापान गरेका थिए ।