युएईमा मगराँत संघर्ष सहयोग समिति गठन

Read Time:2 Minute, 51 Second

सूर्य आलेमगर

युएई ,९ सेप्टेम्बर – नेपाल मगर संघ युएईले, मगरात संघर्ष समिति, नेपाललाई आर्थिक लगायत सम्पूर्ण सहयोग गर्न मगरात संघर्ष सहयोग समिति युएई निर्माण गरेकोछ ।

गत शुक्रवार संघका वरिष्ठ उपाध्यक्ष राम थापा मगरको अध्यक्षतामा, नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामांग र संघका भूपू अध्यक्ष हरिबहादुर घर्ति मगरको आतिथ्यमा आबुधाबिको मुरूररोडमा बसेको संघको १४औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले संयुक्त मगर मंच नेपालको मिति २०७२/०६/०१ को प्रेस विज्ञप्तिलाई स्वागत गर्दै, ऐ ऐ मितिको मगरात संघर्ष  समिति, नेपालको परिपत्रलाई कार्यनयन गर्न तपसिलका नर्णय गरेकोछ ।

निर्णयहरु :

१,सयुक्त मगर मंच, नेपालको नेतृत्वमा हुन थालेको पहिचान र अधिकारमुखी आन्दोलनमा ऐकावद्दता जाहेर गर्दै आर्थिक लगायतका सम्पूर्ण सहयोग गर्ने ।

२, आर्थिक लगायतका सवै किसिमका सहयोग गर्न संघका संरक्षक सदस्य अर्जुन गारम्जा मगरको संयोजकत्वमा ११ सदस्य मगरात संघर्ष सहयोग समिति युएई निर्माण भएकोछ, जसमा उपाध्यक्ष मिनु रानामगर,महासचिव सूर्य आलेमगर,कोषाध्यक्ष प्रमिला थापामगर,सचिव दिप बुढामगर,सचिव हेमा लुन्गेलीमगर,प्रवक्ता लक्ष्मण बलाम्पाकी मगर,अनुशासन विभाग प्रमुख सिर्जना रानामगर,खेलकुद विभाग प्रमुख केशर थापामगर,प्रशिक्षण विभाग प्रमुख यम रानामगर र केन्द्रिय सदस्य धनकुमारी थापामगर रहेका छन् ।

३, मगरात संघर्ष सहयोग समिति युएईले २५ सेप्टेम्बर शुक्रवार देखि नै युद्दस्तरमा आफ्नो काम थाली सकेकोछ ।

४, पहिचान र अधिकारमुखी संघर्षमा,नेपालमा रहेका आफ्ना दाजुभाई, दिदीबहिनी,आफन्त,छरछिमेकीहरुलाई, संघर्षमा सक्रिय भूमिका निर्वाह  गरिदिनुहुन आग्रह गर्दै, संसार भरी रहेका न्यायप्रेमी आदरणीय महानुभावहरुमा नैतिक,भौतिक र आर्थिक सहयोगको लागी विशेष आग्रह गरिएकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %