फेब्रुअरी ५,२०११
युनलोंग स्थित टाई तोंग कन्ट्रीपार्कमा विविक्यूको साथमा समितिले ७ औ बार्षिक उत्सब भब्य सम्पन्न गरेको छ । समितिका सभापति एक बहादुर राना मगरको नेतुत्वमा समितिका सम्पूर्ण सदस्य हरुले पाहुनाहरु लाई पाल्पाली बारा र चुकौनी द्वारा स्वागत गरेका थिए ।
अतिथिहरुमा मगरसँग हंगकंग तथा नेपाली आदिबासी जनजाति महासघका अधक्ष एमबि थापा दर्लामी मगर ,समितिका सस्थापक सभापति गणेश जंग राना मगरका साथै समितिका सल्लाहकार र सदस्य हरुको बाक्लो उपस्थिति थियो । समितिका कोषाध्यक्ष बुध कुवरबाट कोषको जानकारी गराइएको थियो । कार्यक्रम बाट उठेको रकमले समाजका सदस्य हरुलाई परेको आपत बिपतमा सहयोग गरिदै आएको र पाल्पा जिल्ला लाइ पनि सहयोग गरिएको बारे जानकारी गराइएको थियो ।
फोटो : हुम थापा