पोखरा, २२ माघ
नेपाल कराँते महासंघ सितोरियो कराँते संघ कास्कीले शनिवार कास्कीका आठवटा डोजोका एक सय प्रशिक्षार्थीको पेटी परीक्षा सम्पन्न गरेको छ ।
पृथ्वीनारायण क्याम्पसमा भएको पेटी परीक्षामा बगर डोजो, मालेपाटन डोजो, लामाचौर डोजो, जोगीमुरे डोजो, अल्फा बोर्डिङ डोजो, मालेपाटन डोजो, लेकसाइड डोजो र एसओएस डोजोबाट ह्वाइट बेल्टको ३८, ओरेञ्ज बेल्टको ५१, स्टेपग्रीनका ५, ग्रीनबेल्टको ४ र ब्राउन वेल्टको २ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
पेटी परीक्षामा नेपाल कराँते महासंघ कास्कीका अध्यक्ष एंव कास्कीका प्रमुख प्रशिक्षक फत्तबहादुर गुरुङ, स्वयंसेवक प्रशिक्षक कमिटीका केन्द्रिय उपाध्यक्ष कृष्णकुमार लामा, मालेपाटन डोजोका प्रशिक्षक धनकुमार लामा, एसओएस बाहिनीका प्रशिक्षक शुष्मा गुरुङ, लेकसाइड डोजोका राजेश तामाङ, लामाचौरका सुब्बा गुरुङ, अल्फा बोर्डिङका संगीता लामा, जोगिमुरेका नरेश अधिकारी लगायत रेफ्री थिए ।
हुम तमु