एनआरएन बेलायतको अधिवेशनमा गज्याङ् मज्याङ्ले जन्मायो जम्बो कार्यसमिति

Read Time:10 Minute, 13 Second

बिजय हितान 

एनआरएन बेलायतको छैठौँ महाधिवेसनले ३२ जनाको नयाँ जम्बोकार्यसमिति चयन गरेको छ ।

जम्बो यस हिसाबले कि अध्यक्ष देखी सचिवसम्म १२ जनाले पद ओगटेका  छन । प्रायजसो अन्य नेपाली संस्थाहरुमा यि पदहरुमा चारपाँच जना मात्र भएको देखेको छु । अपेक्षा गरिएको भन्दाबढीले माथिल्लो पदमा उम्मेदवारी दिएपछी, अनी उम्मेदवारी फिर्ता लिन या तल्लो स्तरमा बसेर काम गर्न नमानेपछी, यस्तो स्थिती खडा भएकोहुनसक्छ । प्रजातान्त्रिक पद्दतिअनुसार चुनाव गराइने त भनिएकै थियो । तर, स्रोत साधनको कमिले गर्दा चुनाव हुन नसकेको जस्तो लाग्यो । भोट हालाहाल भएको भए जित्नेहरु गमक्क पर्ने र हार्नेहरु पुच्छर लुकाउने नेपाली प्रब्रितिले गर्दा साँगठानिक एकतामा आँच आउनसक्ने सम्भावना देखेर होला चुनावको बाटो न रोजेको । तर निर्वाचन समितिले समझदारिको आधारमा पदिय भागवण्डा गरेर सबैलाई खुशी पार्न सकेकोमा सराहनाको पात्र बनेको छ एकातिर भने । अर्को तिर अबैधानिकतरिकाले जतिपायो त्यती पदहरु सिर्जना गरेर कुर्चिमुखी उम्मेदवारलाई मोलेको भनेर कडा आलोचना पनि खपेको छ ।

जे होस अहिलेको कार्यसमितीमा धेरै मिक्सम्याच भएको देखिन्छ बिभिन्नपृष्‍ठभूमी बोकेका, अनुभवी र बुद्दिजिवी सदस्यहरुको । अध्यक्षलाई यस्तो जोसजाङरयुक्त कार्यसमितिलाई कसरी परिचालन गर्ने भनेर चुनौतीमहसुस भइसकेको होला । एक फन्ड म्यानेजरले आफ्नो वित्तिय संस्थामा आएको शेयरलाई लगानीमा लगाएर अधिकतम मुनाफा लगानीकर्तालाई बाँडने चुनौती झैँ । दुई बर्षभित्र एनआरएन बेलायतले कस्तो उल्लेखनिय कार्य गर्दो रहेछ हामी बेल्पालीहरु पनि पर्खिबसेका छौं ।

निबर्तमान कार्यसमितिको विवादास्त कार्यकाल र चुनावि सरगर्मिलेगर्दा मलाई पनि यसपाली- यो एनआरएन को अधिवेसन कस्तो हुँदो रहेछ- भनेर हेर्न जाने खुबै रहर थियो । कसैसँग मिलेर जाउँला भनी दाउ हेर्दै थिएँ । नवनिर्बाचित अध्यक्ष निकट एक मित्रले शनिवार बेलुका संगै जाउँ भनीट्याक्स म्यासेज गरे । के खोज्छस काना आँखो !     

खुसुक्क पुगियो गत आईतवारको अधिवेसनको दिन लण्डनमा । कसैले ‘एतँ त साधारण सदस्य पनि भा छैनस पस्न पाउँदैनस’ भन्ने हुन कि भनेर कताकता डर पनि लागेको थियो । उल्टै निसुल्क खानपिनले स्वागत गरेकोमा आयोजक प्रती क्रितज्ञ छु । १० पाउण्ड बराबरको सदस्यता, १०पाउण्ड बराबरको खाना, र १० पाउण्ड बराबरको यातायात खर्च सुल्क मेरोआफ्नै नेपाल भुकम्प पीडित कोषमा जम्मा गरिदिएँ । २००९ देखीनै चुनावछेका सदस्यता लिएर कुनै उम्मेदवारलाई समर्थन गरेको म, यसपाली बहिस्कार गर्ने निर्णय गरेको थिएँ । बिशेष गरेर अहिले बाहिरिएको कार्यसमितिको बिबादपूर्ण कृयाकलापले मलाई दुखित साथै लज्जास्पद्द तुल्याएको थियो । दुई हितैषि मित्रको चुनावि क्याम्पेनमा मैले मद्दत गरिन । उनिहरु अवस्य नै म प्रती रिशाएका छन । रिशानी माफ होस । समग्रमा संगठनले केही पाठ सिकुस भनेर यसो गरेको हुँ।

बिहान १० बजे सुरुहुने भनेर भनिएको कार्यक्रम हामी १२ बजेतिर पुगिसक्दा पनि सुरु भएको थिएन । सभाहल खचाखछ थियो । मंचमाथी अटि नअटी र अगाडिका पङ्तिमा राता, सेता, निला खादा पैरिने र दौरासुरुवाल तथा टाइ सुट पहिरन गरेकाको लस्कर थियो । ति आधा जतिलाईचिनेको रहेछु । पछाडिको पङ्तिमा साधारण पोसाकमा दर्सकहरु थिए ।यस समुहका १ चौथाइसँग पनि परीचित रहेछु ।

निर्धारित समयमा सुरु नभए पनी संचालकद्वयले सदभावनापूर्ण बातावरणमा कार्यक्रमलाई हाँक्दै हुनुहुन्थ्यो । बेलायतमा चुनावछेका जोसरगर्मिको हुरी मण्डारिएको थियो, अधिवेसनको दिन झनै आँधिको रुपलियो । आ-आफ्नो मन्तब्य राख्ने लस्कर लाग्यो । बक्ताहरु औंला ठडाइठडाइ ठुलो ठुलो स्वरमा कुर्लिरहेका थिए । कतै आफैलाई लागेको थियो म नेपालको राजनैतिक पार्टिको सम्मेलनमा छु । संचालकद्वयले ‘आफ्नोमन्तब्य राख्दा समय सिमालाई ख्याल गर्नु, ब्यक्तिगत आक्ष्यप नलगाउनु, भद्र तवरले अभिब्यक्ती राखिदिनु’ भनी बिनम्र अनुरोध गरिरहेका थिए । मलाई सम्झना आयो – नेपालको संबिधान सभामा आक्रोसित सभासदलाई शुबास् नेम्वाङले ‘माननीय सदस्यहरु…. बस्नुहोस….  शान्तरहनुस्…. ‘  भनेको । तर बक्ताहरुले ठीक उल्टो गर्दै थिए । स्वागतमन्तब्य नै कुनै प्रतिपक्षीको भासण जस्तो लाग्थ्यो । कतै कतै साहित्यिकभेला त कतै भु .पु हरुको सम्मेलन जस्तो पनि न लाग्या होइन । धुन सुन्ननपाए पनि नौमती बाजाका बाधकहरुलाई भित्र बाहिर गरेको देख्दा कतैविवाह भोजमा आएको त छैन म भनी भिम्मल भएको थिए । 

मानिसले  घडी हेर्दै थिए । ४ बजिसकेको थियो । पट्यारलाग्दो मन्तव्यहरु पछी आर्थिक प्रतिबेदन माथि घम्सा घम्सी बहस चल्यो । मंचमा एउटा माइक कैले कसको थुतुनोमा कैले कसको थुतुनोमा पुग्थ्यो । कैलेअध्यक्ष मन्डलका सदस्यमा, कैले निबर्तमान अध्यक्षमा त कैले पूर्वअध्यक्षमा  पुग्थ्यो । एकले अर्कामा भनाभनका गोलिहरु बर्षाइरहेका थिए। सुरक्षा गार्ड र स्वयमसेविहरु यत्रतत्र देखिन्थे । गाई जात्रा होकी होकीजस्तो पनि लाग्थ्यो । भुइँमा अगाडिका केही शहभागीहरुपनी उफ्रिरहेको द्रिस्य देखिन्थ्यो । बिधान संसोधन र नयाँ कार्यसमिती चयन अनी हर्षउल्लास मनाउन बाँकी नै थियो । आइ फोनमा समय हेरेँ । बेलुकाको ७ बज्दै थियो । भोली सोमबार । बिहानै ड्युटितिर दौडन पर्थ्यो । आफु धनढ्य बिजनेसमेन परीएन, म्यानेजरलाई रेस्टुरेन्ट पठाएर आफु जहिलेगएनी हुने ! बाहिरिनुभन्दा अगाडि भित्र एक नजर डुलाए । मानिसहरु पातलिसकेका थिए । म पनि सभा ग्रिह्य छोडेर सुइकुँच्चा ठोकेँ ।

नव निर्बाचित अध्यक्षले आफ्नो प्रतिबध्दता मन्तब्य दिँदादिँदै मध्यरातको १२ बजेको र सभा ग्रिह्यको बिजुली बत्ती स्वत: निभेको अर्को दिन सुनियो ।अनी युद्द मैदानमा सत्रुलाई हराएर बिजयी भएजस्तै, या ठुलै प्रतिस्प्रधा जितेजस्तै अबिर जात्रा गरिएको, र अनुहार न चिनिने गरी खादै खादाको खातमा हराएको फोटो फेसबुक भरी देख्न पाइयो । उहिले उहिले प्रधानपन्च चुनिएपछी अबिर जात्रा गर्दै बाजा बजाउँदै गाउँभरी डुलेको एकपञ्चेको याद आयो । फेरी मलाई भन्न मन लाग्यो- हे नारन? के भा को यो एनआरएन !

अनी के पनि भन्न मन लाग्यो भने-  बक्तब्य दिंदा यदी आफु पूर्व तयार छैनभने दिंदै न दिनु (अगाडि निस्केर जनमानसलाई केहि भन्नु दोहरी गाउनुजस्तो होइन)। बोल्नु नै छ भने लेखेर ल्याइएको नोट हेरर भन्नु । सुरुमा सम्बोधन गर्दा डाइसमा बसेका सबैको नाम, गाम, र  कामको पृष्‍ठभूमीउतार्दै ५ मिनेट लाग्नेगरी सम्मान नगर्नु । आफुभन्दा अगाडिका बक्तालेबोलेको न दोहर्‍याउनु । यदी आफै कार्यसमितिको सदस्य हो भने (बिशेषगरेर उच्च पदको) आफ्नै संस्थालाई आलोचना नगर्नु । उत्तेजित तरिकाले सरिरका अङगहरु उफार्दै पछार्दै प्रस्तुत नहुनु । समयको पावबन्दिलाई ख्यालगर्दै (आफु पछाडि पनि अरु बक्ता छन भन्ने सम्झेर) आफ्नो भनाइछोटो, छरितो र प्रभावकारी राख्नु ।

कयौं कुरा देखेर र सुनेर सिकिन्छ । बेलायत आएर पनि यि कुरा सिकिएनभने कहाँ गएर सिक्ने ? हामीले अैले न सिके कैले सिक्ने ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %