भारतको हिम्मत छ भने चीन र पाकिस्तानलाइ नाकाबन्दी गरेर देखाओस त ?

Read Time:4 Minute, 30 Second

अमरदिप मोक्तान

नेपालको नाकाबन्दी गर्ने भनेर आखिर भारतले आफ्नो  मित्रको वेशमा दुश्मन रहेको असली स्वरुप देखाई हाल्यो  ।

एकातर्फ मित्रताको नाटक गर्ने दोस्रो तर्फ पछाडीबाट छुरा  प्रहारगर्ने भारत तथा मोदी सरकारको पर्दाफाश  भएको छ । नेपाल को भौगोलिक अभिशापको आडमा भारतले नेपाललाइ हेप्ने प्रवृति तत्कालै बन्द हुनुपर्छ हिन्दु राष्ट्र आन्दोलनका लागि इटहरीको  होटल देनिअलबाट भारतीय गुप्तचर संस्थाका प्रतिनिधि द्वारा संचालित भएको खुलाशा तथा मधेसवादी आन्दोलन विशुद्ध भारतको इशारामा भएको कुरा सर्वविदित भई सकेको छ ।

नेपाललाइ भविष्यमा सिक्किम बनाउन सक्ने आफ्नो अनुकुलको संबिधानमा  बुँदाहरु समावेश गराउन न सक्दा तथा नेपाली मुखौटामा भारतपरस्त राजनैतिक दल अनुकुलको राज्य सिमाङ्कनमा असफल भारत हताशामा  नाकाबन्दी गर्ने जस्तो नीचताको कुरा गरिरहेको छ । नेपालको भौगोलिक अभिशापको कारण भारतले नेपाललाइ दुख दिन सक्ला तर, वीर नेपालीलाइ नतमस्तक गराउने सोच नराखे पनि हुन्छ ।

भारतको हिम्मत छ भने चीन, पाकिस्तान ,बंगलादेश ,श्रीलंका र बर्मालाइ नाकाबन्दी गरेर देखाओस त ? समुन्द्र सिमाना नजोडिएको  देश नेपालको नाकाबन्दीगर्ने सोच  गरेर खुब ठुलो बहादुरी कुरा गरे भनि ठानेको होला भारतले । वास्तवमा भन्ने हो भने सबै कुरोले परिपूर्ण नेपालले विकाशको गतिमा हिड्न न सक्नु को मुख्य करारक तत्व भारत नै हो भारतले कहिले पनि नेपाल समुन्नत होस् भन्ने चाहेको छैन । बिभिन्न आवरणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा भारतले नेपालको विकाश समृद्धि रोक्ने कार्य गरेको छ ।

भारतको सिमाना उत्तर हिमालय सम्मको सपना पुरा नहुन्जेल नेपालले भारत प्रायोजित अस्थिर अराजक उदण्ड गतिबिधिको सामना गर्नु पर्ने छ । तथा भारतले बिभिन् रुपमा नेपाललाइ अस्थिर बनाउने कार्य गरि रहने छ । अब प्रश्न छ नेपालले भारतको अवान्छित गतिबिधि बाट कसरि मुक्त हुने तथा नेपाललाइ विकाशको गतिमा डोराउदै समृद्ध राष्ट्रमा कसरि परिणत गर्ने त्यसको मूल मन्त्र हो राष्ट्र लाइएकताबद्ध गर्न  संबिधानका नीति नियमहरुलाइ कागजको खोस्टामा परिणत गर्नु हुन्न ।

विगतमा पनि संबिधान नबनेका होइनन तर त्यो संबिधान किन असफल भयो त्यसको मुख्य कारण संबिधान बमोजिमको आचरण नगर्नु तथा संबिधानलाइ कागजको खोस्टा सम्झिनुको कारण हो । असोज ३ ,२०७२ मा जारी भएको नेपालको ऐतिहाशिक संबिधानमा बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक समावेशी समानुपातिक शब्दको उल्लेख  भए बमोजिम राज्यको प्रत्येक क्षेत्रमा त्यो कुरा प्रतिबिम्बित हुनु पर्छ ।

रह्यो भारतले नाकाबन्दीको कुरा नालापानी युद्धमा अग्रेजले पनि नाकाबन्दी गरेकै हो । वीर गोर्खा सैनिकले नाकाबन्दीलाइ तोड्दै युद्धमा अग्रेजलाइ टक्कर दिएको कुरा इतिहाशको स्वर्णिम अक्षरमा लेखिएको छ । सुरवीरवीर गोर्खा महायुद्ध होस् चाहे महाप्रलय निडरताका साथ त्यसको सामना गर्नु सक्ने क्षमता राख्दछ भनि भारत लाइ चुनौती छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %