प्याव्सन कास्कीको चित्रकलामा आराध्ये प्रताप प्रथम

Read Time:1 Minute, 20 Second

पोखरा, २२ माघ
प्याव्सन कास्कीको वार्षिक कार्यतालिका अनुसारका आज कुमुदिनी होम्समा सम्पन्न प्राइमेरी तहको चित्रकला प्रतियोगितामा शिशुनिकेतनका आराध्ये प्रताप अधिकारी प्रथम भएका छन । प्याब्सनमा आवद्ध बत्तीस विद्यालयका साठी प्रतियोगी सहभागी भएको प्रतियोगितामा कुमुदिनी होम्सका विजय पालिखे द्धितिय, टप्स उच्चमाविका तिलश्मी गुरुङ तृतिय र सिर्जना उच्चमाविका दिपेन्द्र मिश्र चौथो भएका छन ।
प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र राजभण्डारी, आलोक गुरुङ र विश्व केसी रहेकाथिए ।  प्रतियोगिता संयोजक प्रभा गौतमको अध्यक्षता र प्याब्सनका केन्द्रिय सदस्य विरबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महेन्द्र गुरुङ, कमला प्रधान लगायतले चित्रकला प्रतियोगिताको महत्वमको बारेमा मन्तव्य व्यक्त गरेकाथिए ।

हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %