परासी २२ असोज 
 तराईमा हतियार संघर्ष गरिरहेको भुमिगत संगठन जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी ( भगत सिंह समुह ) नवलपरासीका जिल्ला सचिवलाई आज प्रहरीले हतियार सहित पक्राउ गरेकोछ । 
    नवलपरासी जिल्लाको भुजहवा र रामपुरखडौना गाविस जोड्ने धनेवा पुलबाट अजय शास्त्री भनिने पिताम्बर यादवलाई प्रहरीले एक थान कटुवा पेस्तोल, सकेट बम, ५ राउण्ड गोली, पांच वटा मोबाईल सिम र संगठनका कागजात सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक सुरेन्द्र मैनालीले बताए । 
    यादवको बयानका आधारमा रामपुरखडौना पुसौलिका एक व्यक्तिको घरमा  लुकाई राखिएको एक थान कटुवा पेस्तोल, बम लगाएतका सामगी्र पनि बरामद गरिएकोछ । यादव नवलपरासी हकुई ९ नौडिहवाका निवासी हुन् । 
    केहि समययता सो संगठनको नाउंबाट नवलपरासीका व्यापारीहरुसंग चन्दा असुली गर्ने क्रम बढेको थियो । 
फेरि अर्का हतियारधारी समातियो
                	 Read Time:1 Minute, 21 Second                
            