हुमबहादुर पचभैया मगर
काठमाडौँ , असोज ५ – गोरेबहादुर खपाङ्गी फाउन्डेशनले स्वास्थ्य उपचार गराउँदै गरेका गोरेबहादुर खपाङ्गी मगरलाई चार महिनाको भत्ता एकैचोटि हस्तान्तरण गरेको छ ।
गोरेबहादुर खपाङ्गी फाउन्डेशनको असोज ४ गते बसेको बैठकले विगत लामो समयदेखि उपचार गराइरहेका र आर्थिक समस्या झेल्दै आएका नेता गोरेबहादुर खपाङ्गीलाई भदौदेखि मङ्शिरसम्म चार महिनाको एकमुष्ट भत्ता रु. २८ हजार हस्तान्तण गरेको हो । मासिक ७ हजारका दरले भत्ता दिँदै आएको फाउन्डेशनले खपाङ्गीको स्वास्थ्य उपचारमा प्रयोग गर्दै आएको मेशिन विग्रेको र औषधि किन्नलाई समेत आर्थिक समस्या परेका कारण यस्तो निर्णय गरेको हो ।
हरेक दिन केयरिङ, औषधि र पौष्टिक खानामा खर्च गरिरहनुपर्ने भएकाले खपाङ्गीको दैनिकी झन् झन् दयनीय बन्दै आएको छ । विगतमा धेरै दाताहरुबाट राम्रो आर्थिक सहयोग मिले तापनि केही समयदेखि त्यस्तो सहयोग रोकिएको र नियमित आयस्रोत नभएका कारण खपाङ्गीको दैनिकी जटिल बन्दै आएको हो ।
खपाङ्गीको यही अवस्थालाई बुझेर हुमबहादुर थापामगरको अध्यक्षतामा गोरेबहादुर खपाङ्गी फाउन्डेशन गठन गरी नियमित भत्ता दिने व्यस्था मिलाइएको हो । यस संस्थाले विभिन्न दाताहरबाट विभिन्न शीर्षकमा स्वेच्छिक रकम सङ्कलन गरी एउटा अक्ष्यय कोष बनाएर खपाङ्गीलाई आजीवन मासिक भत्ता दिने कार्य गरेको छ ।
नन्द घर्ती मगरले 11,September मा खपाङ्गीलाई भेटि यो तलको बुँदा र फोटो पठाएका हुन । सबैलाइ जानकारीको लागी याँह राखिएको छ ।
१) नेता खपांगीको खकार नियमित सक्सन Suction गराईरहनुपर्ने हुन्छ । यो काम लोडसेडिङमा पनि व्याट्री र इन्भर्टरको सहायताले गर्नुपर्ने हुन्छ । तर, व्याट्रीले काम नगर्ने भएछ । अचेल कसैवाट भाडामा लिई यो काम टारेको जानकारी प्राप्त भयो । नयाँ व्याट्री किन्न नेपाली २८ हजार वरपर लाग्नेमा त्यो रकमको अभावमा किन्ने प्रक्रिया स्थगित भएको छ भन्नुहुन्छ ।
२) सिंगापुर उपचार यता नेता खपांगीको मुख्य खाना सिंगापुरमा तयार भएको Ready made प्रोटिनयूक्त Nutrient JIVT food with seal प्याकिङ थियो । सिंगापुरका गोरखा प्रहरी र त्यहाँका शुभचिन्तकहरुको पहलमा त्यो खाना नियमित कार्गोमार्फत नेपाल आइरहन्थ्यो । तर, सिंगापुरमा उठेको सहयोग रकम नभएकोले केहि महिनायता उक्त खाना खुवाउने काम वन्द रहेछ र घरेलु खाना खुवाइराख्नु भएको रहेछ । घरेलु खाना अपुरो देखिन्छ ।
३) घाटीमा पारिएको प्वाल जसलाई मेडिकल भाषामा ट्रयाकिओस्टमी Tracheostomy भनिन्छ त्यसलाई वन्द गर्न करिव महिना दिनजति हस्पिटल भर्ना गर्नुपर्ने Doctor को शुझाब रहुेकोछ । यसको लागि पनि आवश्यक पूर्वाधार नहुदा त्यो काम पनि त्यसै स्थगित भएको छ ।