दशैमा फुड फेस्टिवल

Read Time:1 Minute, 54 Second

मनोज घर्तीमगर 

पोखराको सिटी रेवानाले ‘चौथो सिटी रेवान दशै महोत्सव तथा फुड फेस्टिवल’ गर्ने भएको छ ।

  असोज २२ देखि कात्तिक २ गतेसम्म पोखरा रङ्गशालामा महोत्सव चल्नेछ । दशैंलाई आवश्यक पर्ने उपभोग्य बस्तुहरु महोत्सवमा राखीने सिटी रेवान पोखराका अध्यक्ष तथा मुल आयोजनक समितिका संयोजक केपी शर्माले जानकारी दिए । अध्यक्ष शर्माका अनुसार लोक दोहोरी गीत ,ढिंडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित कलाकारद्धारा दैनिक प्रस्तुती, हाँस्य कलाकारहरुको प्रस्तुती, गृहिणी महिला नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोतिगा, सिटी रेवान तारा बाल नृत्य प्रतियोगिता, बाल उद्यान, कृषि प्रर्दशनी लगाएत महोत्सवका आकर्षण हुनेछन् ।

त्यस अवसरमा भारतबाट आएका कलाकारहरुले भोजपुरी, विहारी र हिन्दी नृत्य प्रस्तुत गर्नेछन् । कृषि प्रदर्शनीलाई प्राथमिकता दिइने महोत्सवमा स्थानीय तथा राष्ट्रिय उत्पादन, बाल उद्यान, रेष्टुराँ, फेन्सी लगायतका १ सय ८० वटा स्टल रहने सिटी रेवानका महासचिव तथा महोत्सवका प्रचार–प्रसार संयोजक दीपक तिमिल्सिनाले बताए ।

महोत्सव सम्पन्न गर्न ३७ लाख ८८ खर्च हुने र ४१ लाख ८० हजार आम्दानी गर्ने लक्ष्य आयोजकले लिएको छ ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %