काठमाडाँै, २१ माघ
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले सरकार बाहिर बसेरै पनि रचनात्मक सहयोग गर्ने बताएकाछन । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान, शान्ति र मधेसका मुद्दालाई छाडेर सरकारमा सामेल नहुने जनाउँदै तर यी मुद्दालाई सम्बोधन गर्ने वचन दिए सरकार बाहिर रहेर पनि रचनात्मक सहयोग गर्ने वचन दिए ।
आमनेपाली जनता तथा विश्वसमुदायमा संविधान नबन्ने हो कि, शान्तिप्रक्रिया पछि फर्किने हो कि भन्ने अनिश्चितताको दिशातर्फ मुलुक रुमलिरहेको अवस्थामा हिजोको प्रधानमन्त्रीको चयनले केही आसा दिएको अध्यक्ष यादवले बताए ।
उनले भने –‘एमाले अध्यक्ष खनालको नेतृत्वमा रहेको सरकारले वामपन्थी, नेपाली काँग्रेसलगायत प्रजातान्त्रिक धार र मधेसवादी दललाई पनि समेटेर राष्ट्रिय सहमतिको सरकार बनाउनु उपयुक्त हुन्छ ।’
अध्यक्ष यादवले नेकपा (एमाले) अध्यक्ष झलनाथ खनालको नेतृत्वमा गठन हुने सरकारसामु थोरै समयभित्र संविधान निर्माण गर्नुपर्ने, शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने र मधेसका मुद्दालाई सम्बोधन गर्नुपर्ने ठूलो चुनौती र अवसर पनि रहेको उल्लेख गरे ।
उनले बाँकी रहेको समयावधिभित्र संविधान बनाउने, शान्तिप्रक्रियालाई टुङ्ग्याने र मधेसका मुद्दालाई कार्यान्वयन गर्ने खाका लिएर आउने दललाई मतदान गर्ने पार्टीको निर्णय भएकोमा त्यो प्रतिबद्धता कुनै पक्षले पनि पूरा नगरेकाले हिजोको मतदानमा भाग नलिएको स्पष्ट गरे ।