र्याण्डममा अभयको जात्रा

Read Time:1 Minute, 33 Second

मनोज घर्तीमगर 

भारतीय कूटनीतिज्ञ तथा कवि अभय कुमारको कवितासङ्ग्रह ‘जात्रा’माथि र्याण्डम रिडर्स सोसाइटी अफ् नेपालले चर्चा गरेको छ ।

विश्व सम्पदा सूचीमा परेका नेपालका विभिन्न सम्पदा, जात्रा, चाडपर्व तथा व्यक्तिका बारेमा लेखिएका कविताहरु समेटिएको कृतिको चर्चा सोसाइटीका सचिव उपेन्द्र पौडेलले गरेका थिए । शनिबार पोखरामा गरिएको कार्यक्रममा परिचर्चाकार पौडेलले कूटनीतिज्ञका रुपमा ३ वर्षअघि नेपाल आएका अभयको काव्य लेखनले भारत र नेपाल बिचको दौत्य सम्बन्धलाई पुल बनेर सहयोग गर्ने बताए ।

‘उनका कवितामा मूर्ति, गुम्बा, मन्दिर र सम्पदा बोल्छन्’, पौडेलले भने, ‘सरल, सहज र स्वतःस्फूर्त देखिने अभयको कवितामा सम्पूर्ण देश बोलेको छ ।’ कवि अभय कुमारले आध्यात्मिक भोक मेटाउन आफू कवि बनेको र पेटको भोक मेटाउन कूटनीतिज्ञ बनेको सुनाए ।

असोज २३ गते शनिबार हुने ५७ औँ शृङ्खलामा उपेन्द्र सुब्बाको कथासङ्ग्रह ‘लाटो पहाड’माथि पत्रकार वसन्त बस्नेतले परिचर्चा गर्नेछन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %