तमु समाज हंगकंग स्थापना सँगै हंगकंगेली गुरुङहरुले मनाए खुशीयाली ,दुई लाख बीस हजार डलर सहयोग प्राप्त

Read Time:13 Minute, 7 Second

मुककाजी गुरुङ

 हंगकंग,१७ सेप्टेम्बर – १३ सेप्टेम्बर २०१५ का दिन जोर्डनस्थित नमो: बुद्ध क्लब हाउसमा तमु समाज हंगकंगको प्रथम भेटघाट तथा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमबाट गत ३० अगस्त २०१५ का दिन गठन गरिएको तमु समाज हंगकंग तदर्थ समितिलाई बिघटन गरेर कोमल गुरुङ स्याङ्जाली कान्छाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।

  कार्यक्रममा अध्यक्ष कोमल गुरुङ स्याङ्जाली कान्छालाई अध्यक्षताको रुपमा मञ्चमा आसिन गराएका थिए भने हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरका धर्म गुरु खेन्पो ङ्वाङ थोग्क्षोक बिशिष्ट आतिथ्यको रुपमा आसिन थिए र कार्यक्रमको शुरुवातमा तमु समाज हंगकंग स्थापनाको बारेमा कार्यक्रम संचालक बिशन गुरुंगले उपस्थित तमु महानुभावहरुलाई जानकारी
गराएका थिए।

  यसैक्रममा तमु समाज हंगकंग स्थापनाको बारेमा उपस्थित तमु बुद्धिजीवी महानुभावहरुलाई आ-आफ्नो भनाईहरु प्रस्तुत गर्ने सु-अवसर दिईएको थियो। मन्तब्य ब्यक्त गर्नेमा मर्दीखोला सेवा समिति हंगकंगका अध्यक्ष रक्षा गुरुंग, तमु ट्हो ह्युल हंगकंगका पूर्व सचिव मिन गुरुंग, तमु राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष बिष्णु गुरुंग लगायत तमु ट्हो ह्युल हंगकंगका निवर्तमान सल्लाहकार डम्बर गुरुंगले आ-आफ्नो भनाईहरु ब्यक्त गरेका थिए । वक्ताहरुले तमु समाज हंगकंगलाई हर कदममा साथ दिने बचन बद्धता जाहेर गरे भने समाजको बिधान लेखनमा समेत सहयोग गर्ने बताए।

  मन्तव्यको क्रममा, मर्दीखोला सेवा समितिका अध्यक्ष रक्षा गुरुंगले तमुहरु विश्वको जुनसुकै ठाउमा रहेता पनि एकता हुनु पर्ने राय ब्यक्त गरे भने हंगकंगमा रहेका तमुहरु जुन सा-साना कुराहरुमा अल्झिरेका छन, बिवाधित भईरहेका छन। अब यो तमु समाजले यी कुराहरुलाई मिलाएर अगाडि बढ्नेछ भन्ने शुभकामना ब्यक्त गरे।

  मन्तब्यकै क्रममा तमु राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष बिष्णु गुरुंगले हंगकंगमा तमु समाजको आवश्यकता खट्किरहेको अवस्थामा तमु समाजको स्थापना भएकोमा खुशी ब्यक्त गरे भने गत ८ सेप्टेम्बर २०१५ का दिन तमु ट्हो ह्युल हंगकंगद्वारा आयोजित प्रेष विज्ञप्ति मार्फत तमु ट्हो ह्युल हंगकंगको आठौ अधिवेशन घोषणा पश्चात छदम गुरुङहरुले सम्मानित अध्यक्ष मण्डल लगायत   निवर्तमान कार्यसमिति र निर्वाचित कार्यसमितिलाई विभिन्न आरोप, प्रत्यारोप लगाउदै सामाजिक संजालहरुमा भ्रामक लान्छाना लगाउदै हंगकंगबासी तमुहरुको मुटुको ढुकढुकी तमु ट्हो ह्युल हंगकंग माथि नै धावा बोल्ने काम भईरहेको भन्ने जुन झुठो आरोपप्रति आपात्ति जनाए। जबकि तमु ट्हो ह्युल हंगकंग, हंगकंगबासी तमुहरुको मुटुको ढुकढुकी भन्ने र सम्मानित अध्यक्ष मण्डलले प्रेष विज्ञप्ति मार्फत गुरुङहरुलाई नै “छदम” गुरुङहरु भनेर नकारात्मक सम्बोधन गर्ने? के हंगकंगबासी गुरुङहरुले (छदम ) को अर्थ बुझ्न नसकेका हुन कि? यस अर्थलाई तमु समाज हंगकंग मात्र नभएर हंगकंगबासी गुरुङहरु घोर बिरोध गर्न सक्ने बताए। यसै प्रश*गमा कार्यक्रममा उपस्थित तमु ट्हो ह्युल हंगकंगका निवर्तमान सल्लाहकार डम्बर गुरुङलाई यसको बारेमा प्रश्न ठडाएका थिए।

  मन्तब्यकै क्रममा तमु ट्हो ह्युल हंगकंगका निवर्तमान सल्लाहकार डम्बर गुरुङले हालसम्मको तमाम गुरुंग हरुले समर्थन गरेको संगठन तमु ह्युल छोजधी भएको र उक्त सगठनको बिधानमा गुरुङहरुको कुल धर्म बोन धर्म हो भने पहिचान धर्म बुद्ध धर्म भएको स्पष्ट रुपमा लेखिएको र सारा गुरुङहरुलाई समेटिएको बताए र भोलिको दिनमा पनि तमु समाज हंगकंगले यी दुबै धर्मलाई समेटेर लैजानु पर्ने आवश्यकता रहेको भन्दै तमु समाज स्थापना भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरे। बोल्ने क्रममा पूर्व बक्ता तमु राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष बिष्णु गुरुङ्ग्को भनाईलाई उद्धृत गर्दै आफु तमु ट्हो ह्युलमा नाम मात्रैको सल्लाहकार भएको बताए। यसैगरी गत ३० अगस्त २०१५ का दिन तमु ट्हो ह्युल हंगकंगको आठौ अधिवेशनमा कोमल गुरुङ्को उम्मेदवारीलाई बदर भन्दा पनि छानबिन समिति बनाई निर्णय गरिनु पर्ने भनाई ब्यक्त गरे।

  अन्तमा, अध्यक्ष कोमल गुरुंगले पनि आफ्नो भनाईहरु ब्यक्त गरेका थिए। बोल्ने क्रममा कोमल गुरुंगले मुटु माथि ढुँगा राखी हांस्नु परिरहेको अवस्था भईरहेको भन्दै दुखेसो पोखे। गत ३० अगस्त २०१५ का दिन म एउटा गुरुङ्को छोरालाई गैर गुरुङ भन्दै तमु ट्हो ह्युल हंगकंगको आठौ अधिवेशनबाट अयोग्य ठहर गरि उम्मेद्वारी बदर गर्नु कहासम्मको उचित होला? जबकि कोमल गुरुङ स्याङ्जाली कान्छा तमु ट्हो ह्युल हंगकंगको बिधान अनुसार सन २००७ मा आजीवन सदस्यता लिएर २००९ मा ईच्छा कुमारी गुरुङ्ग्को कार्यकालमा उपाध्यक्ष, क्रमैसंग निवर्तमान सल्लाहकार भईसकेको व्यक्तिलाई गुरुङ नै होईन भनेर अध्यक्ष पदको उम्मेदवारीबाट बदर गरिएको थियो।

  यसै क्रममा गुरुंगले हो हिजोको दिनमा आफु थापा भएर हंगकंग आएको र वर्तमान परिवेशमा आफ्नो परिचय पत्र (आईडी) मा गुरुङ नै परिवर्तन गरिसकेको भन्दै उपस्थित जनमानसलाई आफ्नो परिचय पत्र (आईडी) देखाएका थिए। स्मरण रहोस सन ९० को दशक यता हंगकंग आईडीमा आउनेहरु लगभग ३०,४० प्रतिशत एक अर्काको आईडीमा आएको हुंदा गुरुङ पनि मगर भएर आएका छन भने मगर गुरुङ, यसैगरी राई लिम्बु कोहि गुरुङ, कोहि गुरुङ राई लिम्बु भएर आएको प्रशस्तै भेटिन्छन। त्यसै मध्येमा कोमल गुरुङ स्याङ्जाली कान्छा गुरुङ भएर पनि गैर गुरुङ भन्दै अध्यक्ष पदको उम्मेदवारीबाट अयोग्य ठहरिएका थिए र गुरुङले अहिले सम्म तमु ट्हो ह्युल हङकङलाई सकेको आर्थिक, नैतीक र भौतिक सहयोग गर्दै आएकोमा ३० अगस्त २०१५ लाई कालो रातको संज्ञा दिंदै १३ सेप्टेबर २०१५ देखी सम्पूर्ण गुरुङ्हरुलाई एकताको शुत्रमा उनेर लैजाने उद्धेश्यले तमु समाजको स्थापना गरेको बताए।

  कार्यक्रमको दोस्रो चरणमा तमु समाज हंगकंगको उद्घाटन शत्रलाई हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरका धर्म गुरु खेन्पो ङ्वाङ थोग्क्षोकले दीप प्रज्ज्वलन गरी उद्धघाटन गरेका थिए। कार्यक्रम उद्घाटन लगतै तमु समाज हङकङ तदर्थ समितिलाई बिघटन गर्दै औपचारिक रुपमा कोमल गुरुङ स्याङ्जाली कान्छाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको
  थियो भने नवनिर्वाचित कार्यसमितिलाई उपस्थित तमु महानुभावहरुले खादा लगाई सम्मान गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। क्रमिक रुपमा ३० अगस्त २०१५ कसैको लागि कालो रात भयो भने कसैको लागि तमु समाज हंगकंगलाई केहि गर्नु पर्छ भन्ने सो*चका साथ नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले दिल खोलेर आर्थिक सहयोग गरे ।

१३ सेप्टेम्बर २०१५ का दिन निर्वाचित तमु समाज हंगकंगको नयाँ कार्यसमितिको नामावली यस प्रकार रहेको छ।

१, अध्यक्ष- कोमल गुरुङ (स्याङ्जाली कान्छा)
२, प्रथम उपाध्यक्ष – मन प्रसाद गुरुङ
३, सचिव- बिशन गुरुङ
४, कोषाध्यक्ष – बिकास गुरुङ
५, प्रवक्ता – नारायण गुरुङ
६, मिडिया प्रवक्ता – मुक काजी (काजी) गुरुङ
७, सदस्य – कल जित गुरुङ
८, सदस्य – अमृत गुरुङ
९, सदस्य – सन्तोष गुरुङ
१०, सदस्य – रमेश गुरुङ
११, सदस्य – नरेश गुरुङ
१२, सदस्य – दुत गुरुङ
१३, सदस्य – भिम गुरुङ
१४, सदस्य – गंगा गुरुङ
१५, सदस्य – किसन गुरुङ
१६, सदस्य – पुष्प राज गुरुङ
१७, सदस्य – रक्षा गुरुङ
१८, सदस्य – राम गुरुङ
१९, सदस्य – पदम गुरुङ

सल्लाहकारहरु:-

१, काशी गुरुङ
२, याम बहादुर गुरुङ
३, अर्जुन गुरुङ
४, गोपाल गुरुङ
५, किरण गुरुङ
६, भान बिर गुरुङ
७, नरेन्द्र गुरुङ
८, मोहन (टिला) गुरुङ

उक्त (१३ सेप्टेम्बर २०१५) का दिन आर्थिक सहयोग गर्ने पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको नामावली यस प्रकार छन ।

१, सल्लाहकार, काशी गुरुङ, हंगकंग डलर- ५०,०००
२, सदस्य, रमेश गुरुङ, हंगकंग डलर- २५,०००
३, कोषाध्यक्ष, बिकाश गुरुङ, हंगकंग डलर- २५,०००
४, अध्यक्ष, कोमल गुरुङ, हंगकंग डलर- २०,०००
५, सल्लाहकार, याम बहादुर गुरुङ, हंगकंग डलर- १५,०००
६, सदस्य, नरेश गुरुङ, हंगकंग डलर- १५,०००
७, उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टर, यनलुङ, हंगकंग डलर- १०,००१
८, सल्लाहकार, अर्जुन गुरुङ, हंगकंग डलर- १०,०००
९, सल्लाहकार, नरेन्द्र गुरुङ, हंगकंग डलर- १०,०००
१०, सदस्य, दुत बहादुर गुरुङ, हंगकंग डलर- १०,०००
११, सदस्य, अमृत गुरुङ, हंगकंग डलर- ५,०००
१२, सदस्य, कलजित गुरुङ, हंगकंग डलर- ५,०००

यसैगरी तमु समाज हंगकंग स्थापना भई सके पश्चात केहि गुरुङ तथा गैर गुरुङ शुभचिन्तकहरुले पनि तमु समाज हंगकंगलाई ठूलै आर्थिक सहयोग गरेका छन। जुन सहयोग दाताहरुको नामावली यस प्रकार रहेको छ।

१, श्याम गुरुङ्ग, हंगकंग डलर- १०,०००
२, हेम चन्द्र क्षेत्री , हंगकंग डलर- १०,०००

हालसम्म कुल रकम हंगकंग डलर (२,२०,००१) दुई लाख बीस हजार एक डलर तमु समाज हंगकंगलाई प्राप्त भएको छ।
सहयोगी हातहरुलाई तमु समाज हंगकंग मुरी मुरी धन्यवाद ब्यक्त गर्दछ।

(लेखक : तमु समाज हंगकंगका मिडिया प्रवक्ता हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %