काँग्रेस प्रतिपक्षमा बस्छ : सुशील कोइराला

Read Time:1 Minute, 14 Second

पोखरा, २१ माघ ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालको नेतृत्वमा बन्ने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने स्पष्ट गरेकाछन ।

नेपाल प्रेस युनियनले आज बिहान  आयोजना गरेको पत्रकार भेटमा उनले खनाल नेतृत्वको सरकारलाई उसको गुण र दोषका आधारमा समर्थन गर्ने बताए । शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तथा निर्धारित समयमा संविधान जारी गर्न आफ्नो दलले प्रतिपक्षमा बसेर सरकारलाई सघाउने बताए ।

सभापति कोइरालाले नेपाली काँग्रेस लोकतन्त्रका लागि सधँ लडिरहने पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताका लागि कसैसँग सम्झौता नगर्ने दृढता व्यक्त गरे । एक प्रश्नको जवाफमा उनले पार्टीमा विभाजन ल्याउन चाहने केही तत्वले दलका शीर्षनेतालाई भड्काउन खोजेको आरोप लगाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %