राज्यसत्ता
पाल्पा, भाद्र २६ -नेपाल पत्रकार महासंघ पाल्पाले राज्यसत्ता डटकमका सहकर्मी देब पचभैया सहित १५ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । पत्रकारीताको माध्यमबाट उल्लेखनिय योगदान पुर्याएको भन्दै बुद्धि प्रसाद शर्मा द्धारा स्थापित देवीभक्त चोलकुमारी सामाजिक पत्रकारीता पुरस्कार बाट पचभैयालाई पुरस्कृत गरिएको हो । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले पुरस्कार प्रदान गरेका हुन ।
पुरस्कार ग्रहण गर्दै राज्यसत्ता ड्ट कम पाल्पाका संवाददाता देव पचभैया मगर
त्यस्तै तानसेन नगरपालिका बाट स्थापना गरिएको उत्कृष्ट पत्रकारीता पुरस्कार बाट पत्रकार भगवान भण्डारी, कमलराज तिमिल्सीना, मन गहिरे पुरस्कृत भएकाछन ।
जिल्ला विकास समिति बाट स्थापित श्रृजनशिल पत्रकारीता पुरस्कार बाट टेकनारायण भट्टराई, कृष्ण पोखरेल, यमुना सारु, मिलन विश्वकर्मा, कृष्ण कार्की र झविन्द्र देवकोटा सम्मानित भएका छन । पत्रकार विनोद पहाडी द्धारा स्थापित सामाजिक जागरण पत्रकारिता पुरस्कार बाट कृष्ण दर्नाल पुरस्कृत भएका छन ।
सोमनाथ अर्याल द्धारा स्थापित मानवअधिकार पत्रकारीता पुरस्कार बाट गुराश आत्रेय सम्मानित भएका छन ।
यसैगरी ग्रामिण आर्थिक विकास संघ रेडा र सामाजिक श्रोत विकास केन्द्र एसआरडिसी द्धारा स्थापित लेखनबृत्ति बाट पत्रकार सिता डोटेल, गिता खनाल, पवित्रा घिमिरे ( श्रृजना) लाई सम्मानित गरिएको छ ।
पुरस्कार बितरण कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. विष्टले लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न पत्रकारहरुले महत्वपुर्ण भुमिका खेलेपनि नयाँ बन्ने संविधानमा पत्रकारीता पेश लाई अंकुश लगाउन खोजिएको आरोप लगाए ।
संघियता, समाबेशियता र परिबर्तनका एजेन्डाहरुलाई सस्थागत गर्दे शान्ती प्रकृयालाई पुर्णतामा पुर्याउनको लागी पनि संबिधान जारी गर्नुपर्नेमा जोड दिदै पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले संबिधान निर्माणको क्रममा आएका बिभिन्न असन्तुष्टीहरुलाई पनि संबोधन गर्नु राजनैतिक दल र नेताहरुलाई आग्रह गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, बरिष्ट पत्रकार मेघराज शर्मा, स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डे, पुरस्कारदाता बुद्धि प्रसाद शर्मा, पुरस्कृत भगवान भण्डारीले शुभकामना दिदै पुरस्कृत पत्रकारहरु लाई बधाई दिए। महासंघका अध्यक्ष राजेश कुमार अर्याललको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टेक नारायण भट्टराई र संचालन सचिव किरण कौशलले गरेका थिए ।