परदेशी चेलीको विलौना

Read Time:1 Minute, 32 Second

मनोज घर्तीमगर 

नव प्रतिभा लक्ष्मी पौडेल अधिकारीको तीजको गीत ‘परदेशी चेलीको विलौनाको’ चर्चा बढ्दै गएको छ ।

आचार्य डिजिटल पोखराले बजारमा ल्याएको यस गीतको शब्द कृष्णराज अधिकारीले सिर्जना गरेका हुन् । लक्ष्मीको आवाजमा रहेको यो गीत दर्शक श्रोताको रोजाइमा पर्न थालेकोमा उनी मख्ख छिन् । महिलाहरु विदेशिनेक्रम बढिरहेको सन्र्दभ गीत मार्फत पस्कन खोजेकी छन् उनले । आफ्नो अवोध बच्चालाई छोडेर विदेशिनु परेका बाध्यता र विदेशमा रहदाँ बच्चाको यादमा तड्पीनु परेको पिडालाई गीत मार्फत उनले बाहिर ल्याएकी छन् ।

केहि समयको मेहनत पछि गीत रेर्कड भएपनि दर्शक श्रोताको माया पाउने हो हैन उनमा डर थियो । गीत रिलिज भएको केहि दिनमानै आएका सकारात्मक प्रतिक्रियाले उनमा केही उर्जा थपिएको छ । ‘तीजका गीतमा विकृती विसंगती देखिन थालेको भन्ने गुनासो आउँछ, तर यो गीतले वास्तवीकता झल्काउनेछ’ लक्ष्मीले भनीन् । पोखरामा छायाकंन गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको दावी उनको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %