बहराईनमा हिन्दु नेपाली महिलाहरूले तिज कार्यक्रम गर्दै

Read Time:1 Minute, 57 Second

कृष्ण सारू मगर

बहराईन, ९ सेप्टेम्वर – अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईनले यहि आउँदो ११ सेप्टेम्वर २०१५ सुक्रबारका दिन हिन्दु नेपाली महिलाहरूको महान चार्ड हरीतालीका तीजको अवसरमा मानमाको गुदविया स्थित कर्नाटका सोसियल क्लवको सभाहलमा स्थानिय चर्चित कलाकारहरूको बेजोर्ड प्रस्तुति गर्ने अन्तिम तैयारीमा जुटेको छन् ।

नेपाली परम्परागत मौलिक कला संस्कृतिलाई संरक्षण-संवर्द्धन गर्दै जगेर्ना गर्ने हेतुले अन्तराष्ट्रिय कलाकार समाज द्वारा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हुँदा रोजगारिका शिलशिलामा बहराईन स्थित रहनुहुने सम्पुर्ण कलाप्रेमी, गीत संगीत पारखी आदरणिय नेपाली दिदी-बहिनी तथा दाजु-भाईहरू एवं शुभेक्षुकहरू उपस्थिति भै कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउनका लागि निम्न तपशिल मिति र स्थानमा उपस्थितिका लागि आयोजक अन्तराष्ट्रिय नेपाली कलाकार समाज परिवारले हार्दिक निमन्त्रणा गरेको छ ।

मिति: ११ सेप्टेम्वर २०१५ शुक्रबार
स्थान: कर्नाटका सोसियल क्लव, गुदविया (लास्ट चान्स र अमेरिकन मिसन अस्पताल नजिकै)
समय: दिनको १ बजेदेखि
प्रवेश शुल्क २/-बिडी मात्र

नोट:- सह्योगार्थ प्रवेश शुल्क रसिद बाट नै दरखाने व्यवस्था सुरक्षित रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %