लिम्बुवान स्वायत्त प्रदेश, सरकारले कैलालीमा घटाएको घटना र शेर्पाको असम्बैधानिक गिरफ्तारिको बिरोधमा – प्रेस विज्ञप्ती

Read Time:1 Minute, 51 Second

प्रेस विज्ञप्ती

सर्वप्रथम त नेपालको नयाँ बन्ने संविधानमा सम्पुर्ण पिछडिएका आदिवासी जनजाति , महिला , दलित , मधेशि, मुस्लिम तथा सिमान्तकृत र अल्पसंख्यक समुदायको हक अधिकार र कर्तब्यको लागि अनवरत संघर्षरत संघीय लिम्बुवान पार्टी नेपालले अरुण सप्तकोशि पुर्ब लिम्बुवान स्वायत्त प्रदेश स्थापना गर्न गरिरहेको न्यायपूर्ण आन्दोलनमा हाम्रो संघीय लिम्बुवान पार्टी, बेल्जियम शाखा कमिटीबाट पूर्ण समर्थनकासाथ एक्यबद्दता जनाउदछौ ।

वर्तमान तागाधारी सरकारले भर्खरै घटाएको कैलाली घटना र न्याय, समानता र सहभागिताको लागि स्पष्ट बिचार लिएर उत्पिडन र शोषणमा परेका सबै नेपालिका निम्ति अत्याचारिको बिरुद्द संघर्षरत जनताका जुझारु नेता आङकाजी शेर्पाको असम्बैधानिक फाँसिष्ट गिरफ्तारिको  पनि घोर बिरोध गर्दछौ र नेता शेर्पालाइ तत्काल सकुशल रिहाईको जोडदार माग समेत गर्दछौ । 

यसरी नै जनताको जायज मागहरुलाई बन्दुकको भरमा दबाउने काम भैरहे अत्याचार अन्त गर्न युरोपबाट हज्जारौ नेपाली स्वदेश फर्की संघर्षमा सक्रिय सहभागि हुने उद्घोष गर्दछौ ।

बिष्णु आङ्डेम्बे

अध्यक्ष

संघीय लिम्बुवान पार्टी, बेल्जियम शाखा

२२,भाद्र २०१५

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %