प्रदेशले लुटेको सपनालाई प्रदर्शन गर्ने अन्तिम चरणमा

Read Time:3 Minute, 16 Second

कृष्ण सारू मगर

काठमाडौं, भाद्र २१ – कुशल निर्देशकका रुपमा परिचित निमा लामा तामाङ द्वारा निर्देशित उक्त चलचित्रमा मुख्य नायिका पुर्णिमा पुन मगर छिन भने, नायक तथा निर्माता एवंम् पटकथा लेखक स्वयं सुरज पुन मगर छन ।

लुटेको सपनालाई छायांकन तथा सम्पादन – बिस्वास भण्डारीले गरेको हो । कलाकारमा करन थापा मगर, शिखर पुन मगर, अनिता गोले तामाङ, सपना पुन मगर, मनिका बस्नेत, सत्यराज बुढाथोकी मगर सहितका कलाकारहरूले उक्त चलचित्रमा महत्वपुर्ण भुमिका निभाएका छन् । अन्य कलाकारहरुले आ-आफ्नो विशेष भुमिका निर्वाह गरेका छन् ।

खास गरी नेपाली कथानक चलचित्र पुर्णिमा डिजिटल प्रालि द्वारा निर्मित (प्रदेशले लुटेको सपना) ले प्रदेशी हुनुको पीडा संगै हाम्रो समाजमा हुने अकल्पनिय बिकृति बिसङ्गति र दर्दनाक खेपी रहेको तितो यथार्थ बिषय वस्तु र नेपाली राष्ट्रिय मौलिकता लाई विषेश सम्वोधन गरी समेटिएको र हाम्रो समाज भित्र भए गरेका समाजिक भेदभाव जस्ता सचेतनाका विषय लाई पनि कथाले दर्शक तथा शुभेच्छुक माझमा समाजिक सेवाभाव संगै जनचेतनात्मक र भरपुर मनोरञ्जन एवंम् राष्ट्रियताको गहन बिषय लाई समेटिएको समसामहिक प्रस्तुति समेत रहने पटकथाका लेखक एवंम चलचित्र निर्माता पुन मगरले बताएको श्रोत बाट जानकारी प्राप्त भएको छ ।

रोजगारिका शिलशिलामा बहराईनलाई बिट मार्दै फर्केका समाजसेवी तथा अन्तराष्ट्रिय कलाकार समाजका अध्यक्ष करन थापा मगरका अनुसार नेपाली कथानक चलचित्र (प्रदेशले लुटेको सपना) लाई हिन्दु धर्मालम्विहरूको महान चाँड बडा दशैँको शुभ अवसरमा प्रदर्शन गर्ने तैयारीमा निकै उत्साहका साथ आफ्नो अहम भुमिका रहने सोही चलचित्रमा अभिनय गर्ने थापा मगरले राज्यसत्ता डटकमलाई जानकारी दिए ।

को हुन् त नायक र नायिका ?

स्थाई घर धनचौर-७ अर्घाखाँचीका बाबा भिम बहादुर पुन मगर तथा आमा लेमकला पुन मगरकी कोख बाट दुई सन्तानका रूपमा जन्म भै बहिनी धर्मकला पुन मगरको एक्लो दाजुले विभिन्न राष्ट्रिय लोक तथा दोहरी गीत प्रतियोगिता र एलबम् सर्वत्र बजारमा ल्याई सकेका होनाहार परिचित सुरज पुन मगर हुन् । भने नायिका पुरणिमा पुन मगर हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %