कुर्चीका लागि वनेका गठवन्धनले सहमतिको भावना प्रतिविम्वत गदैन : पौड्याल

Read Time:1 Minute, 59 Second

काठमाडौँ, २० माघ । नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति र संविधानका लागि सहमतिका नारा निकै घन्केको छ भन्दै नाटकीयरूपले बन्ने र भत्कने गठबन्धनले सहमतिको भावनालाई प्रतिविम्बित नगर्ने बताउनुभएको छ  ।

नेता पौडेलले उक्त कुरा व्यवस्थापिका संसदको आजको बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा आफ्नो मन्तव्य दिदै सो बताएका हुन् ।

माधवकुमार नेपाल प्रधानमन्त्री भएयता शान्ति स्थापना र संविधान लेखनका लागि जति छलफल अघि बढाएपनि प्रत्येक वार्ता कुर्सीमै गएर ठोकिएको उल्लेख गर्दै उनले  देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा पुग्दा पनि अन्य राजनीतिक दलका नेताले आफ्ना लागि मात्र सहमतिका कुरा उठाएको आरोप लगाए  ।

नयाँ संविधान निर्माणका लागि कुनै अडचन नहुँदा पनि जनताका सामु तोकिएका कबुल पुरा गर्न नसकेको उल्लेख गर्दै नेता पौडेलले गत जेठ १४ मा संविधान दिन नसक्नुमा ६०१ सभासद्लाई मात्र दोष नदिन र वास्तविक दोषी निक्र्यौल गरेर पर्दाफास गर्नुपर्ने आवश्यकता पनि औल्याए  ।

सङ्घीय गणतन्त्र र संविधानसभाको निर्वाचनसम्म नेपाली काङ्ग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेता पौडेलले सम्झौता र सहमतिका कार्यलाई आफूहरूले इमान्दारिका साथ पुरा गर्दै आएको पनि स्पष्ट पारे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %