माओवादीको १७ करोड पचाउन बखेडा ः रामचन्द्र पौडेल

Read Time:1 Minute, 18 Second

नेपाली कांग्रेस संसदीय दलका नेता एंव प्रधामन्त्रीका एक्ला उमेदवार रामचन्द्र पौडेलले माओवादीका क्याण्टोमेन्ट र कन्टेनर खाली नभएसम्म आफ्नो उमेदवारी फिर्ता नहुने बताएकाछन् ।  माओवादीले सर्वसाधरण बिचमा त्रास फैलाउनका लागि राज्य कोषबाट प्रत्येक महिना १७ करोड प्रयोग गरि क्यान्टोनमेण्टमा लडाकु राखिराख्न चाहेको पौडेलको आरोप छ ।
नेपाल बिद्यार्थी संघ तनहुँ काठमाडौ सम्पर्क समितिले आज राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा पौडेलले माओवादीले लडाकुका नाममा १७ करोड रुपैया दुरुपयोग गरिरहेका कारण सहमतिमा बखेडा झिकेको आरोप लगाए ।
देशी–बिदेशी एनजिओहरु मुलुकमा दीगो शान्तिको सट्टा संविधान-संविधान भन्दै राग अलापेर मात्र बसेको आरोप लगाए । उनको भनाई थियो, शान्ति बिनाको संविधानको औचित्य  छैन ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %