नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै

Read Time:4 Minute, 28 Second

राज्यसत्ता

काठमाडौं । काठमाडौँ उपत्यकाको नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै आज ’हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। साउन्डबज अडियो ल्याब र नेपाल इको प्यानलको संयुक्त आयोजनामा भएको यस कार्यक्रमले रैथाने शिल्प र आधुनिक सामग्रीको संयोजनलाई जोड दिएको छ।


दीर्घकालिन पर्यटनका लागि सहयोग
कार्यक्रममा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले भक्तपुरको दीर्घकालिन पर्यटनका लागि यस्ता कार्यक्रम सहयोगी हुने विचार पोखे । उनले भक्तपुरको विकासको आधार नै पर्यटन भएकाले यस्ता गतिविधिहरुलाई अझ बढावा दिनुपर्ने खाँंचो औल्याए ।
परम्परा जोगाउन ’मेकर्स’को भूमिका
कार्यक्रममा बोल्दै साउन्डबज अडियो ल्याबका संस्थापक चन्दन ताम्रकारले कार्यशालाको आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँका अनुसार, हाल काठमाडौँ उपत्यकाका नेवारी समुदायमा परम्परागत काठको बाँसुरीको ठाउँ पिभिसी पाइपबाट बनेका बाँसुरीले लिँदै गएको छ।


“परम्परालाई जीवित राख्न वाद्यवादन बनाउने कलाकारहरूको ठूलो भूमिका हुन्छ,“ ताम्रकारले भन्नुभयो। “हामीले भारतबाट आउने बाँसुरीमा निर्भर हुनुभन्दा आफ्नै युवाहरूलाई दक्ष बनाएर यहीँ आत्मनिर्भर बनाउनुपर्छ। पिभिसी पाइपको यो नयाँ टोन अब व्यावसायिक रूपमा स्थापित हुँदैछ, जसले नेवारी संस्कृतिलाई विश्वव्यापी रूपमा फैलाउन मद्दत गर्नेछ।“ उहाँले थप्नुभयो, कि यस्ता कार्यशालाले यहाँ आउने पर्यटकहरूलाई नेवारी संस्कृति र कला नजिकबाट सिक्ने अवसर प्रदान गर्दछ, जसले दिगो पर्यटनमा पनि टेवा पुग्नेछ।
प्रशिक्षकः अमन माली र बाँसुरीको शिल्प
कार्यशालाको मुख्य प्रशिक्षण प्रख्यात बहु–वाद्यवादक र बाँसुरी बजाउनमा माहिर अमन

गर्नुभएको थियो। कुमा सागर एन्ड द ख्वप ब्यान्डका सदस्य माली शास्त्रीय, लोक र ज्याज फ्युजन संगीतमा आफ्नो विशेष पहिचान बनाउन सफल कलाकार हुन्। उहाँ परम्परागत संगीतलाई आधुनिक ध्वनिसँग मिसाउन खप्पिस मानिनुहुन्छ।
कार्यशालामा सिकाएका मुख्य विषयहरूः
बाँसुरी निर्माणका विभिन्न अवधारणाहरूः बाँसुरी बनाउने प्राविधिक तरिकाहरू ।
बाँसुरी ट्युनिङः कसरी सही स्वर र ताल मिलाउने भन्ने ज्ञान।
बाँसुरी र पिभिसी पाइपः बाँस र पिभिसी पाइपबाट बाँसुरी बनाउने प्रविधि।
हावाबाट बज्ने वाद्ययन्त्रका आधारभूत सिद्धान्तहरूः संगीत र ध्वनिको विज्ञान।
संगीतकर्मीहरूको उत्साहजनक सहभागिता
कार्यशालामा कुमा सागर एन्ड द ख्वप ब्यान्डका सदस्यहरू, सुमन गैडा, अमन बज्राचार्य, र उजन शाक्यका बाँसुरी वादकहरूको सक्रिय सहभागिता देख्दा आयोजकहरू उत्साहित भएका थिए।
“ज्ञान एक्लै राख्नका लागि होइन, बाँड्नका लागि हो“ भन्ने सन्देशका साथ सम्पन्न यस कार्यशालाले नेपालमा नयाँ पुस्ताका बाँसुरी निर्माताहरू जन्मने र हाम्रो मौलिक बाजाको भविष्य सुरक्षित हुने विश्वास लिइएको छ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *