-पूर्ण बहादुर राना
बालेन सरकार नेपाेकिड र नेपाेबेबी बिरूद्ध भएको जेन्जि आन्दोलनकाे परिणामले ल्याएकाे अभुतपुर्व र अपार जनसमर्थनले बनेकाे सरकार हाे । फेरि पनि बालेन दाइ, रबि दाइ र सुदन दादा भनेर कसैलाई नेपाेफ्रेन्ड र नेपाेरिलेटिभकाे पहुँच भएको सरकार बनाए भने अभुतपुर्व जनताको समर्थन भुतपुर्व हुनेछ । अपार जनसमर्थन लाेपार जनसमर्थन हुनेछ ।
नेपाेटिजम “Nepotism” शब्द अंग्रेजी (English) भाषाबाट आएको हो । तर यसको जरा भने ल्याटिन (Latin) भाषामा छ। याे शब्दको उत्पत्ति (Origin) ल्याटिन शब्द “nepos” बाट आएको हो । नेपाेज “nepos” को अर्थ हुन्छ: भतिजा (nephew) वा सन्तान (descendant) भन्ने हुन्छ ।
“nepotism” को शाब्दिक अर्थ;
(१) आफ्ना नातेदार (विशेषगरी भतिजा/परिवारका सदस्य) लाई पक्षपात गर्दै फाइदा पुर्याउने व्यवहार
(२) सरल भाषामा आफ्नो मान्छेलाई (family/relatives)
योग्यता नहेरी पद, अवसर वा सुविधा दिने काम हुन्छ ।
यसरी याेग्यता, क्षमता, कार्यकुशलता र संभाव्यता नहेरी आफ्नो नातेदार परेकै र भएकै भरमा अवसर दिनुलाई Nepotism (आफन्तवाद/नातावाद) भनिन्छ।
यतिबेला नेपाबेबी (Nepo Baby) र नेपोकिड (Nepo Kid) दुवै शब्द सामाजिक सञ्जाल र राजनीतिक/सामाजिक बहसमा धेरै प्रयोग भइरहेकाे छन् । यी दुवै शब्दको मूल अर्थ लगभग एउटै हुन्छ । तर प्रयोग गर्ने सन्दर्भ अलि फरक हुन सक्छ।
नेपाेबेबी (Nepo Baby) भनेको के हो?
Nepo = Nepotism (आफन्तवाद / नातावाद)बाट लिएकाे हाे । याे उपसर्ग(Prefix) काे रूपमा प्रयाेग भईरहेकाे छ । Baby शब्दकाे अर्थ त सन्तान भईहाल्याे । सन्तान(baby)काे अगाडि उपसर्ग(नेपाे=Nepo) लगाएर नेपाेबेबी(Nepobaby) भएको हाे ।
नेपाेबेबी भनेको त्यस्तो व्यक्ति हो, जसले आफ्नो प्रतिभाभन्दा बढी आफ्ना परिवार, नाता वा शक्तिशाली सम्बन्धको कारणले अवसर पाउने व्यक्तिहरू पर्दछन् ।
उदाहरण:
नेता, कलाकार, वा ठूला व्यक्तिको छोरा/छोरी भएर सजिलै करियर बनाउन पाउनु, अवसर पाउनुलाई जनाउँछ । नेपाेबेबिहरूले योग्यता र क्षमतावान भन्दा बढी माथि माथि ठूलो मान्छेसँग पहुँच र सम्बन्ध “connection” भएकाे कारणले पद पाउने गर्दछन् ।
नेपोकिड (Nepo Kid) भनेको के हो?
नेपोकिड पनि नेपाबेबी जस्तै हो । तर यो शब्द सामान्यतया अझ सानो उमेरका वा नयाँ पुस्ताका व्यक्तिहरूका लागि प्रयोग गरिन्छ ।
अर्थात् प्रभावशाली परिवारका बच्चाहरू
जसलाई सानैदेखि विशेष अवसर वा फाइदा मिल्ने गर्दछ । जस्तै ठूलाठूला नेताकाे छाेराछाेरिले महङ्गा महङ्गा बिल्डिङमा बस्न पाउँछन् । महङ्गा महङ्गा स्कुल र क्याम्पसहरूमा पढ्न लेख्न पाउँछन् । महङ्गामहङ्गा हाेटल रेष्टुरेन्टमा खान पाउँछन् । महङ्गामहङ्गा कपडा लागाउन पाउँछन् । महङ्गा महङ्गा स्कुटर, बाईक, गाडिहरू र जहाजहरूमा सवार गर्न पाउँछन् ।
(अ) आफ्ना बाबुआमा वा परिवारको प्रभावका कारण अवसर पाउने छोरा/छोरी (सन्तान)
(आ) कुनै कलाकारको छोरा भएर फिल्ममा मौका पाउनु नेताको छोराले सजिलै अवसर पाउनु
नेपाबेबी (Nepo Baby) नेपोकिड जस्तै हो । तर अझ बढी आलोचनात्मक (critical) अर्थमा प्रयोग हुन्छ ।
प्रायः negative tone (नकारात्मक भाव) हुन्छ
(अ) “आफ्नै बलमा होइन, परिवारकै कारण अघि बढेको” भन्ने हुन्छ ।
नेपाेपार्टी, नेपाेफ्रेन्ड र नेपाेरिलेटिभ्स यी शब्दहरू औपचारिक शब्द होइनन् । तर आजकल सामाजिक सञ्जाल (social media) र दैनिक बोलचालमा “nepo” (nepotism बाट आएको) शब्द हाे । यी शब्दहरूकाे प्रयोग अनौपचारिक (slang) शब्द हुन्।
क) नेपाेपार्टी (Nepo Party)
आफन्तवाद (nepotism) बाट फाइदा लिएका मानिसहरू वा त्यस्ता मानिसहरू याे समूह वा नेटवर्कमा पर्छन् ।
सरल भाषामा शक्तिशाली परिवारका सदस्यहरू आफन्तकै भरमा अघि बढेका मान्छेहरूको समूह हुन् ।
ख) नेपाेफ्रेन्ड (Nepo Friend)
त्यस्तो साथी, जसले आफ्ना आफन्त/पारिवारिक सम्बन्धका कारण अवसर पाएको हुन्छ । उदाहरणकाे लागि नेताको छोरा भएर जागिर पाउने साथी र चिनजानकै आधारमा अगाडि बढेको व्यक्ति भन्ने हुन्छ ।
ग) नेपाेरिलेटिभ (Nepo Relative)
त्यो आफन्त (relative) जसले nepotism को आधारमा फाइदा लिएको छ । मतलब नेताकाे आफन्त भएकै कारण पद, पैसा वा अवसर पाउने व्यक्तिहरू हुन् ।
निष्कर्षमा
यी तीनै शब्दको आधार भनेको Nepotism (आफन्तवाद) नै हाे ।
Nepo Party → समूह
Nepo Friend → साथी
Nepo Relative → आफन्त
अब बालेन सरकार नेपाेस्टेट(Nepo-State), नेपाेनेपाल( Nepo-Nepal), नेपाेनेप्लिज( Nepo-Nepalese) र नेपाेपिपल( Nepo-People) हुनुपर्छ ।
