राज्यसत्ता ,
ललितपुर , पुस १५ । बृटिस गोर्खा नेपाली नागरिक्ता निरन्तरता र भूपू सैनिक कल्याणकारी समिति , नेपाल द्धारा नवनियूक्त पराष्ट्रमन्त्री तथा नेपाली सेनाका पूर्व रथी माननीय बालबनन्द शर्मा लाई भेटी सम्मान गरेको छ ।

नवनियूक्त मन्त्री ज्यू लाई सम्मान पश्चात भूपू सैनिक कल्याणकारी समिति , नेपालका अध्यक्ष हुम थापाले मन्त्री लाई एक ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा नेपाली नागरिक्ता ऐन २०६३ को दफा १० (१) संसोधन गरि बेलायत लगायत बिभिन्न देशमा बसोबास गरेका बृटिस गोर्खा नेपाली र निजका सन्तानहरु लाई बंशजको नागरिक्त निरन्तरता हुनु पर्ने माग गरेको छ ।

साथै , बेलायतबाटै मतदान गर्न पाउँने कानुन बनाई लागु गर्न पनि पराष्ट्रमन्त्री लाई समितिले अनुरोध गरेको छ ।

मन्त्री संगको भेटको क्रममा बृटिस गोखा सैनिक हरुको समस्याको बारेमा पराष्ट्रमन्त्री स्तरिय दुई देश नेपाल र बेलायत बिच उच्च आयोग गठन गरि समस्या समाधान गर्न भूपू सैनिक कल्याणकारी समिति , नेपालका सल्लाहाकार लाल बहादुर घिसिङले पहल गरिदिन अनुरोध गर्दा पराष्ट्रमन्त्री शर्माले अब चुनाव लागिसक्यो भनेर टारिदिए ।

प्रतिनिधि मण्डलको नेतृत्व समितिका अध्यक्ष हुम बहादुर थापाले गरेका थिए । अन्य सहभागीहरुमा सचिब , अधिबक्ता चेत बहादुर आले मगर,कोषाध्यक्ष, खुन बहादुर राना मगर ,सदस्यहरुमा पबित्रा राना मगर , गंगा बहादुर थापा मगर र प्रेम बहादुर पुन मगर थिए । साथै, सल्लाहाकारहरुमा क्या.देउ बहादुर राना मगर , क्या.हिमाल राई, ले.लाल बहादुर घिसिंग तामाङ र क्या.नारायण प्रशाद राई थिए ।
